‘बल्छि धुर्वे’ जंगिए थुकेको थुक चाटिन्न भन्दै

मेरी बास्सैबाट ‘बल्छि धुव्रे’ नामले लोकप्रिय भएका हाँस्यकलाकार मरिचमान श्रेष्ठले फुटसल सञ्चालनमा ल्याएका छन्। पछिल्लो समय मेरी बास्सैबाट अलग्गिएर व्यवसायमा लागेका बल्छिले आफ्नै दाईसंगको सहकार्यमा ६५ लाख रुपैयाँको लागतमा काठमाण्डौँको बनस्थलीमा आधुनिक फुटसल खोलेका हुन्।

बुधबारबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएका बल्छिले स्वास्थ्यका लागि राम्रो र व्यवसाय गर्ने हिसाबले पनि आफूले दाईसंग मिलेर फुटसल खोलेको बताए। फुटसल सञ्चालनमा ल्याए पनि आफू कलाकार नै भएकोले कलाकारितामा पुनः फर्किने बताए।

पारिवारिक माहोलका विच सञ्चाकर्मीहरुसंग कुरा गर्दै मरिचमानले भने, ‘अब यसको व्यवस्थापन र हिसाबकिताको काम दाईले गर्नहुनेछ। म चाहीँ फेरि पनि कलाकारितामा फर्कने छु।’ मेरिबास्सैमा जाने सम्भावना नरहेको भन्दै उनले ‘थुकेको थुक आफूले नचाट्ने’ पनि भनेका छन्।

फुटसल उद्घाटन पनि मिडियाकर्मीहरुसंग बल्छि धुर्वेका परिवारले रमाइला कुरकानी पनि गरेका छन्।