गायिका विष्णु माझीको ‘आगो जलाई’ मायामा धोका पाउदाको पिडालाई गीतमा समेटिएको (भिडियो सहित)

रुलोस्ना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कुशुम चौलागाईँको बास्तविक जिवन भोगाईमा आधारित लोकदोहोरी गीत ‘आगो जलाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गायिका विष्णु माझी र गायक कमल सुशान्त केसीको सुमधुर आवाज गीतमा रहेको छ ।

मायामा धोका पाउदाको पिडालाई गीतमा समेटिएको छ । विछोडको तडपाईलाई भुल्न नसक्ने प्रेमी प्रेमिकाको ब्यथालाई गीतमा समेटिएको छ । कुशुम चौलागाईँको शब्द तथा कमल सुशान्त केसीको संगीत एवम बावुराम केसीको थेगो गीतमा रहेको छ ।

प्रेमको सबै तिरबाट तिरस्कार गर्दा प्रेमीबाट टाडिनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । अजय रेग्मीको छायाँकन , मिन रावलको सम्पादन तथा समिर थोकरको निर्देशन भिडियोमा रहेको छ । ‘आगो जलाई’ गीतको भिडियोमा सारिका केसी , संञ्जिता र विष्णुको निकै कारुणिक अभिनय रहेको छ ।

‘आगो जलाई’ गीतको पुरा भिडियो हेर्नुहोस ।