भाइरल गीत गलबन्दीमा रुदै दोहोरी खेले कलाकारले चितवन डोजर काण्ड र धुर्मुस सुन्तलीको बारेमा-भिडियो दोहोरी हेरौ

कुञ्जना घिमिरे ‘सुन्तली’ले जतिबेला हातमा एक लाख एक हजार सहयोगको चेक बोकिरहेकी थिइन्, मोबाइलमा खबर पढिन्– गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलको बार भत्काइयो ।

रंगशालाको बार मात्र भत्किएन, सुन्तलीको मन पनि भत्कियो । यो खबरले उनी निकै दुःखी भइन् ।

यो घटनापछि कुञ्जना र उनका श्रीमान सीताराम कट्टेल धुर्मुस–सुन्तली फाउण्डसेनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । डोजर लगाएको आरोपमा प्रकाश कँडेलसहित १७ जना पक्राउ परेका छन् । नेकपाका नेता रहेका उनीहरुलाई पार्टीले समेत आन्तरिक कारवाही गरेको छ ।

उनीहरुलाई कानूनी कारबाही गरिने स्थानीय प्रशासनले प्रष्ट पारेको छ । तर, रंगशालाको विवाद साम्य हुने भन्दा झनै बढ्ने संकेत देखिएको छ । यसै बिषयलाई लिएर पहिलोपटक एकसाथ कलाकारले धुर्मुस सुन्तलीलाई समर्थन गर्दै गीत गाएका छन।गीतमा सुन्तालि र धुर्मुसलाइ रूहाउने अपराधि भएको समेत भनिएको छ।भर्खरै बजारमा आएको गलबन्दी गीतमा खेलिएको दोहोरी हेरौ: