सुप्रियाले गरिन् रहस्यमय आत्महत्या, श्रीमान बेहोस्, छिमेकीले यस्तो देखेका थिए (भिडियो)

पोखरा १३ भद्रकालीमा भाडामा बस्दै आएकी १९ बर्षिय सुप्रिया लामिछानेले आफ्नै कोठामा आत्महत्या गरेकी छन् ।
गत बर्षमात्रै बिबाह गरेकी उनी बिहान खाना छिमेकी दिदीहरुसंगै खाएर श्रीमानलाई अफिस पठाएपछि आत्महत्या गरेको बुझीएको छ । श्रीमानले मोबाईल बिर्सिएर घरमा करिब २ बजेतिर लिन आउँदा उनले ढोका खोलीनन् । झ्यालपनि बन्द थियो । झ्याल फोरेर हेर्दा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा देखेको छिमेकीले बताए । घटनापछि प्रहरी पुग्यो र ढोका फोरेर उनको शबलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ भने उनका श्रीमान बेहोस भएका छन् ।