सांसद , मन्त्री हुँदा दलितका कोटा र दलित कै नामबाट समाबेशी भनी पुग्नी अनि जब सदनमा पुगे पछि दलित मुद्दा र छुवाछूतका घटना उठाउन नमिल्नी ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आजको बिषय छ सांसद, मन्त्री हुँदा दलितका कोटा र दलित कै नामबाट समाबेशी भनी पुग्नी अनि जब सदनमा पुगे पछि दलित मुद्दा र छुवाछूतका घटना उठाउन नमिल्नी ? बारे उनले फेसबुकमा लेखेकी छन्।

सांसद , मन्त्री हुँदा दलितका कोटा र दलित कै नामबाट समाबेशी भनी पुग्नी अनि जब सदनमा पुगे पछि दलित मुद्दा र छुवाछूतका घटना उठाउन नमिल्नी ?

उठाए पनि अपबादका रूपमा एक , दुइजनाले उठाउनि ?
आफ्नो धरातल र आफू कुन समुदाय र कुन समुदायको नामबाट पाएको जिम्मेवारी हो त्यो हाम्रा दलित सासदले भुल्नु भएन , वहाँहरुले लगाएको सासदको फुलि सिङ्गो समुदायको हक अधिकार र न्यायको लागि त्यही समुदायको नामबाट पाएको लोगो हो पिलिज बुझिदिनु होला ।

सडकमा बोल्ने र लेख्ने हामी छौं ।

दिनहुँ जस्तो जातीय बिभेदका घटना र मरणासन्न हुने कुटाइ खादा समेत सदनमा कुरा उठदैन ।
अब जेष्ठ २१ छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिन फेरि चर्को भासण माइक कति सुन्न पाइन्छ ।

जबसम्म दलित समुदायका दुख र अन्य र छुवाछूत विरुद्ध हामी प्रत्यक्ष पुग्न सक्दैनौं , एउटा एक्सन टिम बन्दैन ।
पाटी , पद र ब्यक्तिगत लाल्चाबाट पर रहेर दलितका मुद्दा साझा हो र हाम्रो भनी लाग्न सक्दैनौं हामी त यो विभेद भोग्यौ अब हाम्रा भाबी पुस्ताले नि भोग्नु पर्ने छ ।

आज मैले अल्फाबिटा बानेश्वरमा उठाएको यो विषय कतिलाई तितो लाग्यो होला कतिलाई सहि लाग्यो होला यथार्थ यहि हो ।

अबको दलित आन्दोलन युवाले हाक्नु पर्छ ।
सधै आसन र भासन ४०,५०,५५ बर्षका बाजेहरुले मात्र लिएर हुँदैन आन्दोलनको कार्यदिशा र जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गरौं अनि युवा पनि जागौ ।

धन्यवाद सरु सुनार