अस्लिल दोहोरी गाएर बिबादमा आएका लोकप्रिय गायक राजु परियारले मिडियामा आएर पहिलोपटक माफी मागे

लोकप्रिय गायक राजु परियारले छाडा दोहोरी गाएको बिषयमा मिडियामा आएर माफी मागेका छन।गीत संगीतको २ दशक लामो यात्रा सम्म अगाडी बढीरहदा पहिलोपटक आफुले दर्शकको अगाडी माफी माग्नु परेको उनले खुलाएका छन। केहि दिन अगाडी उनले एक लाइभ दोहोरीमा गायिका अमृता लामिछाने संग दोहोरी खेलेका थिए जहा एकदम अस्लिल शब्दहरु प्रयोग भएका थिए।

राजु परियार एक कुसल गायक मात्रै हैनन् एक समालोचना गर्न सक्ने क्षेमताको व्यक्ति हुन्।उनले समाजलाई सुधार्न गर्नु पर्ने बाटोलाई सधै अहुलाई रहेको हुन्छन तर यो पटक भने उनि चुकेका छन।उनले उक्त दोहोरी गाउनुमा आत्मग्लानी भएको र आगामी दिनमा एस्तो दोहोरी नगाउने भन्दै उनले मिडियामै आएर पत्रकार कमल सरगम संगको कुराकानीमा माफी मागेका हुन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपपालका अधक्ष्य तथा लोकप्रिय गायक बद्री पंगेनीको नेतृत्वमा उक्त दोहोरी गीतको बिषय बाहिर आएको थियो।लोकप्रिय सर्जक रमेश बिजिले पनि उक्त बिषयमा कलाकारनै गम्बिर हुनु पर्ने सुझाब दिएका छन ।बाहिर दर्शकले पनि राजु परियारलाई गालि गर्न थालेका छन।दोहोरीलाइ युटुब च्यानल खुलदुली रोधीले बाहिर ल्याएको हो।उक्त च्यानलले पनि आधिकारीक रुपमा माफी मागेका छन।हेरौ राजु परियार संगको कुराकानी कमल सरगमको साथमा :