अमेरिका पुगेका सन्तानले सम्झना र शिरिषलाइ भने :बरु औसधि खाने पैसा पठाउछु मलाइ आउने समय छैन”भिडियो”

सन्तान जन्माएर पनि बुढेसकालमा सन्तान सुखको आभाष गर्न नपाएका आम नेपाली बुबा आमाहरुको प्रतिनिधि मुलक गित छोरो अमेरिका छ बोलको गितले यतिबेला दर्शकहरुको मन जित्न सफल भएको छ । सम्झना भण्डारी र शिरिष देबकोटाको स्वरमा सार्वजानिक यो गितमा लोकदोहोरी पारखी र सम्झनालाई नजिकबाट चिन्नेहरुले सम्झनाको गलाको तारिफ गरेका छन् ।

त्यस्तै कुनै समयमा रोईला गितमा एकछत्र राज गरेका शिरिशको केही समयको ग्यावपछि सार्वजानिक भएको यो गितले दर्शकको ईमोशषन सँग राम्रो सँग खेलेको छ । त्यसो त यो नेपालीका हरेक घर घरका कहानी पनि हो । यसकारण पनि दर्शकको हृदयमा बस्ने निश्चित छ । नेपाली लोकदोहरी क्षेत्रमा एक कालजयी गितको रुपमा रहने सक्ने यो गितमा बाबु आमाको मायालाई बिदेशी डलरले पारेको खाल्टोलाई चरितार्थ गरेको छ ।

पृथ्वी ईन्टरटेन्टमेन्टबाट बजारमा आएको यो गितमा निर शाह र हिमवाला गौतमको जिवन्त अभिनय देख्न सकिन्छ । बरिष्ठ सर्जक रमेश बिजिको शब्द रहेको यो गितको भिडियोलाई प्रकाश भटटले निर्देशन गरेका हुन् ।