साप्ताहिक राशिफल : २०७६ साल जेठ १२ गते देखि १८ गते सम्म (सन २०१९ मे २६ देखि जुन १ सम्म)

ज्योतिष पण्डित– हरिप्रसाद भण्डारी
(बरिष्ठ ज्योतिष एवं वास्तुविद)
मो नं +९७७ – ९८४२२१९७३५

सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
जेठ १२ गते – रविसप्तमी व्रत, गोरखकाली पुजा र अग्निवास (होमादी कार्य) जुरेको दिन छ ।
जेठ १३ गते – रुद्रि पुजा (शिववास) गर्न जुरेको दिन छ
जेठ १४ गते – अग्निवास (होमादी कार्य) जुरेको दिन छ ।
जेठ १५ गते – गणतन्त्र दिवस ।

जेठ १६ गते – अपरा एकादशी व्रत, नयाँ घरमा गृह प्रवेश एवं डेरा सर्न का लागि शुभ मुहूर्त, शिलन्यास, रुद्रिपुजा – शिववास), अग्निवास (होमादी कार्य) जुरेको दिन छ । चित्तधर हृदय जन्मजयन्ती पनी रहेको छ ।
जेठ १७ गते – प्रदोष व्रत, दोकान खोल्न – नयाँ व्यापार व्यावसायको शुरुवात ), रुद्रिपुजा – शिववास) मुहूर्त र विश्व धुम्रपान रहित दिवस रहेको छ।
जेठ १८ गते – नेवारी समुदायको सिथिचह्रे पुजा, रुद्रिपुजा – शिववास) मुहूर्त, विश्व आमाबुबा दिवस र वन उपभोक्ता दिवस रहेको छ ।

यो साता ग्रह गोचरको अवस्था
यो साता चन्द्रमा ले मुख्य गरि जेठ १२ गते देखि १४ गते बिहान ११ बजेर २१ मिनेट सम्म कुम्भ राशि, त्यसपछि १६ गते सम्म मिन राशि र १७ र १८ गते मेष राशिको भ्रमण गर्नेछन । अन्य ग्रहहरु शुक्र मेष राशिमा, बुध र सुर्य वृष राशिमा, राहु र मंगल मिथुन राशिमा, बृहस्पती वृश्चिक राशिमा र शनी र केतु धनु राशिमा हुनेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

मेष राशि ९ब्चष्भक० – मेष राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शुरुवातमा चन्द्रमाको गोचर लाभ स्थानमा रहने हुनाले आईतबार र सोमबार प्रभावशाली दिनहरु हुनेछन । विशेष गरि नोकरी तथा व्यापार व्यावसाय का क्षेत्रमा सफलता मिल्नेछ । अधुरा रहेका कार्यहरु पुरा हुनेछन । कुनै पनि कार्यमा तपाई को आत्मविश्वास उच्च रहनेछ । यो साता कृषि जन्य उत्पादन, तरल पदार्थ हरु जस्तै दुध, फलफुल जस्ता पेय पदार्थको कारोबार बढि फाईदाजनक देखिन्छ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । बिरोधिहरुले तपाईका विरुद्ध षडयन्त्र रच्न सक्नेछन । छिमेकी सँग सानो तिनो कुरामा विवाद भएर तनाव बढ्न सक्नेछ । सचेत रहनु होला । बढि दौढधुप पछिमात्र सफलता हात लाग्नेछ । शुक्रबार र शनिबार भने सबल रहेका छन । यो साता प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । विद्यार्थीको पढाईमा फलता मिल्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान श्री गणेशको पुजा आराधधना गर्नू शुभ हुनेछ ।

वृष राशि ९त्बगचगक० –वृष राशि लाई यो साता शुभ रहेको छ । यो साता तपाईका लागि चन्द्रमा को गोचर दशम, एकादश र द्धादश भावमा हुनेछ । कन्या राशिका लागि यो साता मिश्रित रहने देखिन्छ। सन्तान बाट सुख प्राप्त हुनेछ । कार्यस्थलमा सहकर्मी बिच सद्भाव र सहयोग आदान प्रदान हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । यो साता साग सब्जि तथा तरल पदार्थ सँग सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ। प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुनाले विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । आफ्नो स्वास्थ्य कमजोर हुने एवं मातापिताको स्वास्थ्यमा समेत समस्या देखिन सक्नेछ । आफ्नो खान पान र आहार विहार मा विशेष ध्यान दिनु होला । यो साता तुलनात्मक रुपमा शुक्रबार र शनिबार कमजोर दिनहरु रहनेछन। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजाआराधना गर्नू शुभ हुनेछ ।

मिथुन राशि ९न्झष्लष्० – मिथुन राशिका लागि यो साता चन्द्रमाले तपाईको नवम, दशम, र एकादश भावको गोचर गर्नेछन । समग्रमा मिथुन राशिका लागि योे साता सबल रहेको छ । शुरुमा भाग्य स्थानमा चन्द्रमा को गोचर रहने हुनाले आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । तपाईको परिश्रममा भाग्यको पुरा साथ रहनेछ । नयाँ व्यक्तित्वहरु सँग परिचय हुने अवसर जुट्नेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । साथिभाईको साथ र सहयोग ले मन प्रसन्न रहनेछ । प्रिय मित्रहरु सँग भेट गरि रमाइला पलहरु बिताउन सक्नुहुनेछ । यो साता आम्दानी बढ्नेछ । परिवार मा मेल मिलाप र शान्ति कायम हुनेछ । विद्यार्थीका लागि सकारात्मक समय रहनेछ । आफुलाई समस्या भएको विषयमा शिक्षक तथा साथि बाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । एक आपसमा गुणस्तरीय समय व्यतित हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कर्कट राशि ९ऋबलअभच०– यो साता कर्कट राशिका व्यक्तिका लागि चन्द्रमाको गोचर अष्टम, नवम र दशम भावमा हुनेछ । साताको शुरुका दिनहरु आईतबार र सोमबार तुलनात्मक रुपमा कमजोर देखिएका छन । यि दिनहरुमा चिन्ता एवं खर्च बढ्न सक्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहेका छन । पारिवारिक जिवन उत्तम रहनेछ । विशेषगरि आफ्नो जिवन साथि सँग महत्वपुर्ण विषयमा छलफल हुने छ भने घनिष्ठता अझै बढ्नेछ । यो साता कुनै नयाँ योजना बनाई लागु गर्न सक्नुहुनेछ । आर्थिक अवस्था सबल रहनेछ । अचानक आम्दानीको क्षेत्र देखा पर्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्नो परिवार बाट सानो सानो कुरामा पनि चासो र सहयोग रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सूर्यको पुजा आराधना गर्नु शुभ हुनेछ ।

सिंह राशि ९ीभय० – सिंह राशिका लागि यो साता मिश्रित रहनेछ । यो साता तपाईका लागि चन्द्रमा को गोचर सप्तम, अष्टम र नवम भावमा हुनेछ। बैवाहिक सम्बन्ध सुमधर रहनेछ । आफ्नो जिवनसाथी को हरेक सुख दुखमा साथ रहनेछ । एक आपसमा मिठा पलहरु विताउने अवसर आउनेछ । तर साताको मध्य भाग तिर चन्द्रमा को गोचर अष्टम भावमा हुने हुनाले आर्थिक अवस्था मा उतारचढाव रहनेछ । व्यापार व्यावसायमा प्रतिस्पर्धिहरु नै बलवान देखिने छन। उनिहरु सँग प्रतिस्पर्धा गर्न गर्न सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक देखिन्छ। बिरोधि हरुले तपाईका विरुद्ध षडयन्त्र रच्न सक्नेछन । तर परिवारको साथ र सहयोग ले आत्मविश्वास भने कायम नै रहने छ । नोकरी तथा व्यापार व्यावसायमा सकारात्मक समय रहनेछ । परिवार मा मेलमिलाप र एकता कायम हुनेछ । प्रेमीहरुका लागि यो साता मिश्रित रहनेछ सामान्य विवाद पर्न सक्नेछ । अध्ययन कार्य सफल रहनेछ । साताको अन्त्य तिरका दिनहरु शुभ रहनेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ बृम बृहस्पतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कन्या राशि ९ख्ष्चनय०– कन्या राशिका लागि यो साता चन्द्रमाको गोचर षष्टम, सप्तम र अष्टम भावमा हुनेछ । तपाईको समस्या समाधानका लागि उपाय निस्कनेछ । कुनै नयाँ योजना बनाई अगाडी बढ्न सक्नुहुनेछ । तपाईको बौद्धिकता को उच्च कदर हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत हरु देखिनेछन । त्यसैले आर्थिक अवस्था सबल रहनेछ । शेयर बजार बाट समेत लाभ हुनेछ । नयाँ क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । साथिभाई एवं परिवार सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ । विद्यार्थीको पढाई मा सफलता प्राप्त हुने साता रहनेछ । तुलनात्मक रुपमा शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहनेछन । तपाईको स्वास्थ्यमा अचानक समस्या देखिन सक्नेछ । विशेष गरि पेट तथा छाती सम्बन्धि समस्या देखिन सक्नेछ । आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला । यि दिनहरुमा अनावश्यक खर्च समेत बढ्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान विष्णुको पुजाआराधना गर्नू शुभ हुनेछ ।

तुला राशि ९ीष्दचब०– तुला राशिका लागि यो साता चन्द्रमा को गोचर पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । समग्रमा तुला राशिका लागि यो साता सबल रहनेछ । तपाईको सिर्जनशिलताको कदर हुनेछ । बौद्धिक विकास हुनेछ । नयाँ परिवेशमा कार्य गर्ने अवसर जुट्नेछ । नयाँ व्यक्तित्व सँग परचय भई घनिष्ठता बढ्न सक्नेछ । साथीभाई सँग कुनै रमाईलो यात्रामा जाने योग छ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । यो साता तपाईको सामाजिक ईज्जत र प्रतिष्ठा बढनेछ । विद्यार्थीको पढाईमा यो साता महत्वपुर्ण सुधार हुने देखिन्छ । आफ्ना प्रतिस्पर्धिलाई राम्रो अंक ल्याएर जित्न सक्नुहुनेछ । यो साता व्यापार व्यावसाय मा प्रतिफल युक्त साता रहनेछ । कुटुम्ब पक्षबाट समेत आर्थीक सहयोग प्राप्त हुन सक्ने देखिन्छ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि ९क्अयचउष्य०– बृश्चिक राशिका लागि यो साता चन्द्रमा ले तपाईको चतुर्थ, पञ्चम, र षष्टम भावमा गोचर गर्नेछन । बृश्चिक राशिका लागि यो साता मिश्रित रहेको छ । आईतबार र सोमबार आमा को स्वास्थ्यमा समस्या देखिन सक्नेछ । घरायसी काम मा बढि समय दिनु पर्नेछ । तर मंगलबार देखि भने दिनहरु शुभ रहेका छन । सामाजिक एवं बौद्धिक क्रियाकलाप बाट तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि आफ्ना सन्तान एवं आफु भन्दा कनिष्ठ व्यक्तिको साथ र सल्लाह महत्वपुर्ण सावित हुनेछ । साझेदारीका कामर्य बाट मनग्ये आम्दानी हुनेछ । नोकरी गर्नेहरुका लागि सकारात्मक समय रहनेछ । कार्यस्थल मा रमाईलो वातावरण मा कार्य गर्ने अवसर जुट्नेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । साथि भाई बाट उचित सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । जिवनसाथीको स्वास्थ्यमा सामान्य समस्या देखिन सक्नेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

धनु राशि ९क्बनष्ततबचष्गक० – धनु राशिका लागि यो साता चन्द्रमाको तृतीय, चतुर्थ र पञ्चम भावमा गोचर हुनेछ । तपाईको साहास तथा पराक्रम बाट समस्या समाधानका लागि उपाय निस्कनेछ । कुनै नयाँ योजना बनाई अगाडी बढ्न सक्नुहुनेछ । तपाईको बौद्धिकताको उच्च कदर हुनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत हरु देखिनेछन । त्यसैले आर्थिक अवस्था सबल रहनेछ । शेयर बजार बाट समेत लाभ हुनेछ । नयाँ क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । साथिभाई एवं परिवार सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ । विद्यार्थीको पढाई मा सफलता प्राप्त हुने साता रहनेछ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहनेछन । तपाईको स्वास्थ्यमा अचानक समस्या देखिन सक्नेछ । विशेष गरि पेट तथा छाती सम्बन्धि समस्या देखिन सक्नेछ । आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला । यि दिनहरुमा अनावश्यक खर्च समेत बढ्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान विष्णुको पुजाआराधना गर्नू शुभ हुनेछ ।

मकर राशि ९ऋबउचष्अयचल० – मकर राशिका लागि यो साता चन्द्रमाको गोचर द्धितीय, तृतीय र चतुर्थ भावमा हुनेछ । साताको शुरुवातमा चन्द्रमाको गोचर धन स्थानमो रहने हुनाले बोलीको प्रभाव बढ्ने एवं प्रशस्त धन आर्जन हुने साता रहनेछ । उच्च पदस्थ व्यक्तित्वले तपाँइको प्रशंसा गर्नेछन । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । विशेष गरि सौन्दर्य सँग सम्बन्धित सामाग्रीको व्यापार व्यावसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवार मा मेलमिलाप कायम रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अध्ययन कार्यमा गुरु वर्ग एवं आफ्ना साथीको सहयोग प्राप्त हुनेछ । समग्रमा शुभ भएपनि आत्मविश्वास बढि भएर अरु ले घपण्डी भन्न सक्नेछन । आफ्नो संवेग लाई नियन्त्रणमा राख्नुका साथै व्यावहारमा सजग रहनुहोला । शुक्रबा र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ सोम सोमाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कुम्भ राशि ९ब्त्रगबचष्गक० – कुम्भ राशिका लागि यो साता शुभ रहेको छ । तपाईका लागि यो साता चन्द्रमाले प्रथम, द्धितीय र तृतीय स्थानको गोचर गर्नेछन । तपाँईको साताको शुरुवात शिरमा चन्द्रमाको गोचर बाट हुनेछ । साहस तथा पराक्रम उच्च रहनेछ । आत्मबिश्वास एवं आत्म सम्मान कायम रहनेछ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ ।आर्थीक अवस्था सबल रहनेछ । तरल पदार्थ तथा कृषि सम्बन्धि सामाग्रीको व्यापार व्यावसाय बढि लाभदायक हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । कुनै नयाँ कार्यको शुरुवात गर्न सक्नुहुनेछ । विद्यार्थीको पढाईमा समस्या देखिन सक्नेछ । पञ्चम भावमा राहुको गोचर का कारण पढ्न मन नलाग्ने एवं पढेको कुरा याद नहुने समस्या देखिन सक्नेछ । सकारात्मक सोचका साथ पढाईमा ध्यान दिनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी लक्ष्मीमाताको को पुजा आराधना गर्नु शुभ हुनेछ ।

मिन राशि ९एष्कअभक० – मिन राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर व्यय स्थान, शिर र धन स्थानमा हुनेछ। साता का शुरुवातका दिन आईतबार र सोमबार कमजोर दिन रहका छन । यात्रामा निस्कने योग छ । कडा संघर्षका बावजुद कम प्रतिफल प्राप्त हुनाले नैराश्यता बढ्न सक्नेछ । विदेश यात्राको योग छ । मंगलबार देखि भने दिनहरु उत्तम रहेका छन । यो साता नोकरी मा सफलता मिल्नेछ । सहकर्मी साथि सँग रमाईलो वातावरण मा कार्य गर्ने अवसर जुट्नेछ । यो साता बौद्धिक क्रियाकलाप बाट ईज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोतहरु देखापर्नेछन । विद्यार्थीको पढाईमा मन जानेछ । पारिवारिक सम्बन्ध मिश्रित रहनेछ । तपाईको जिद्दिपन लाई परिवारका सदस्यले घमण्डको रुपमा लिनुहुनेछ । जसले गर्दा पारिवारिक सम्बन्ध तनावपुर्ण बन्न सक्नेछ । अरुको भावनाको पनि कदर गर्नु उत्तम हुनेछ । प्रेम सम्बन्ध भने सुमधुर रहनेछ । आफ्ना सुख दुखका क्षणहरुमा प्रेमिको साथ रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।