सरस्वती लामाको चौथो श्रीमान भनिएका पिटर सरस्वति माथीनै खनिए,आखिर १ करोड ठगेकै हो ?भिडियो कुराकानी

काठमाडौं । स्टेज शो र म्युजिक भिडियोमा भल्गर प्रस्तुत गर्ने गायिका सरस्वती लामाविरुद्ध ललितपुर प्रहरी विटमा ठगीको उजुरी परेको छ ।उनका पति धनबहादुर लामाले सरस्वतीले एक करोड ६ लाख ठगी गरेको भनी प्रहरीमा उजुरी दिएका हुन् ।०६४ सालमा काभ्रे मादनकुडारीका लामासँग सरस्वतीले प्रेम विवाह गरेकी थिइन् ।

लामाले आफूले वैदेशिक रोजगारीका क्रममा कमाएको रकम र जायजेथा लिएर सरस्वती फरार रहेको उजुरी यसै महिना प्रहरीमा दर्ता गराएका हुन् ।लमा ०७१ सालमा धन कमाउनका लागि भन्दै युएई उडेका थिए । आफूले कमाएको रकमबाट एउटा स्कुटर, १ लाख १० हजार मूल्य बराबरको आइफोन, २ लाख ८० हजार बराबरको ब्रासलेटलगायतका सामान र नगद पनि ठगी गरेको उजुरीमा उल्लेख छ ।