कुश्मा पोखरापछिको पर्यटकीय केन्द्र बन्न सक्ने – मन्त्री विकास लम्साल

१० जेठ, कुश्मा: कुश्माकाे खरेहामा निर्माण हुन लागेकाे ॐ पार्ककाे शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले बिभिन्न संभाबनाले भरिपूर्ण भएका कारण कुश्मा पोखरापछिकै पर्यटकीय केन्द्र बन्न सक्ने कुरामा जोड दिनु भएको छ ।

मस्को जाँदा त्यहाँको अपार्टमेण्टको वरिपरी देखेको कुराबाट प्रभाबित भै गण्डकी प्रदेशका ७५३ वटै वडाहरुमा एक-एक पार्क बनाउने अभियानमा आफू लागेको मन्त्री लम्सालले बताउनु भयो । प्रकृतिले दिएको रमणीय कुराहरुलाई जोगाएर भबिस्यको लागि सुरक्षित बनाउने अभिप्रायले यो अभियानमा लागेको उहाँले प्रस्ट्याउनु भयो ।

मन्तब्य दिने क्रममा मन्त्री लम्सालले आफू मन्त्री भएपछी यो भेगलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्धेस्य अनुरुप नै बिभिन्न परियोजनाको लागि ठुलो रकमको ब्यबस्था गरिदिएकोले रकम सही ठाउँमा बिनियिजन गरेको रहेछ भन्ने सबैलाई भान हुने गरी सबैले सकृय भएर काम गरिदिनु हुनेछ भन्ने विस्वास ब्यक्त गर्नु भयो । बिभिन्न कारणले गर्दा पछाडि परे तापनि महादेवले तपस्या गरेको र देवताहरुले वास गरेको क्षेत्र भएकोले यो क्षेत्रलाई चार धाम नभएर दश धामको रुपमा विकसित गर्न सकिने बताउनु भयो ।

कुश्मा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द्र पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा कुश्मा नगरपालिका–७ खरेहामा निर्माण गर्न लागिएको उक्त पार्कका लागि उद्योग तथा पर्यटनमन्त्री विकास लम्सालको पहलमा चालू आवमा रु ३० लाख विनियोजन भएपछि विस्तृत सर्भेक्षण गरी पार्क सहित १०८ पिपल, वैकुण्ठ जाने बाटोलगायत कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

कुश्मा नगरपालिका–७ को खरेहामा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइ ॐ पार्क तयार गरिने भएको छ। प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरिनेछ र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिनेछ। ॐ काे आकारमा निर्माण गरिने उक्त पार्क सम्वभत नेपालकै पहिलाे पार्क हाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, लुम्विनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ, डिभिजन बन कार्यालयका अशोक कुमार श्रेष्ठ, प्रहरी नायब उपरिक्षक श्याम अर्याल, अस्ट्रेलियन वास इन्जिनियर निकोलास बर्नाडिनी आदिको उपस्थिति थियो ।

ॐ पार्क निर्माण समितिका संयोजक तेज गिरीको अध्यक्षतामा सन्चालित कार्यक्रमको सन्चालन बन उपभोक्ता समितिका सचिब मिठू शर्माले गर्नु भएको कार्यक्रममा ॐ पार्क निर्माण उपसमितिका उप संयोजक सागर गिरीले स्वागत मन्तब्य दिनु भएको थियो ।