भावुक गीत बाट डान्सिङ्ग बिटको गीत तफ मोडिदै पुष्कल शर्मा

काठमाडौं । पुष्कल शर्मा सबैको प्यारो नाम हो । कहिले मार्मीक गीत मार्फत त कहिले समाज परिवर्तको गीत गाएर नेपाली जनमानसको ढुकढुकी बन्न सफल भएका तिनै गायक पुष्कल शर्माको नयाँ भिडियो सुपारीका दाना सार्वजनिक भएको छ । गीतमा पुष्कल शर्मालार्ई गायीका मेलिना राईले साथ दिएकी छिन् । गीतमा शर्मालाई फरक धारमा देख्न सकिन्छ ।

गीतमा पुष्कल शर्मा र सारीका केसीलाई फिचरीङ गरीएको छ । गीतमा गायक स्वयमको लय रहेको छ । गीतलाई काजिश श्रेष्ठले कोरीयोग्राफ तथा निर्देशन गरेका हुन् । गीतलाई अजय रेग्मीले छायाङ्कन र कमल सरागले संगीत गरेका छन् ।

भाबुक गीत संगीत मार्फत दर्शकको मन मुटुमा बस्न सफल गायक शर्माको यो डान्सिङ्ग बिटको गीत हो । गीत र शर्माको डान्सलाई दर्शकको कतिको रुचाउँला ? यो सबैको चासेको विषय हो । गीतलाई शर्माकै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।