एउटै घरका तीन दिदिबहिनी बिहारी बाबुसंग फसेपछि । (भिडियो सहित)

प्रेम सुनार
बुटवल, जेठ– ९ प्रहरी श्रोतका अनुसार गुल्मी धुर्कोट गाउँपालिकाकी २० बर्ष उमेर नाघेकी विवाहित युवती करिष्मा ( नाम परिवर्तन ) ले संगै श्रीमान हुँदा पनि १९ बर्षिय अल्लारे ठिटो विहारी बाबु ‘कालु’को मायामा चुर्लुम्मै डुबिन । लगत्तै लहराले पहरो तान्छ भने जस्तै भयो त्यस घरमा । उनकी १४ बर्षिया भदैनी झिल्काश्री ( नाम परिवर्तन ) पनि के कम ? फुवुको भन्दा अलि बढि उमेरको २० बर्षिया अभिजात कुमारलाई मन पराईन । उनकी १५ बर्षिया दिदी फिल्माश्री ( नाम परिवर्तन ) फेरी बर्ष २१ का मनोहरकुमारको मायामा वहकिईन । ती तीनै जना एउटै परिवारका चेलीहरु एकै साथ विहारी बाबुहरुको बेहुली बन्ने धोको पालेर माथी उल्लेखित एउटै गाउँका उनै विहारी बाबुहरु संग हिडे भारततिर ।
भिडियोमा हेर्नुहोस ।