आयो परदेशिहरुलाई रूहाउने सन्तु थापाको आवाजमा मार्मिक लोक गीत (हेर्नुहोस)

गायक सन्तु थापाको नयाँ लोक गीत सार्वजनिक भएको छ । नेपाली लोकसंगितमा दिनप्रतिदिन चर्चा कमाईरहेका लोकगोदोहोरी गायक थापाको नयाँ गीत “परदेशीको पिडा” सार्वजनिक भएको हो ।

गुल्मी रेसुङ्गा म्युजिक प्रालिको प्रस्तुती रहेको गीत गायक थापाको आफ्नै आधीकारीक युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

गोबिन्द खरालको शब्द तथा संगित रहेको गीतको संगित संयोजन भने कमल सौरागले गरेका छन् ।

प्रदेशिएका नेपाली हरुको कथामा आधारित बिदेशिनु नेपाली युवाहरुको रहर हैन बाध्यता हो भन्ने मर्म बोकेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियो राजेश घिमिरेले खिछेका हुन् । भिडियो नेपालका र जापानमा पनि खिचिएको छ । जापानमा संगम प्रकाश कुँवरले भिडियो खिचेका हुन् ।

बिष्णु शर्माको सम्पादन रहेको भिडियो साई भिजन प्रालीको पोस्ट प्रोडक्सनमा तयार भएको हो ।

झन्डै १० वर्षदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहंदै आएका गुल्मेली गायक सन्तुले अहिलेसम्म झण्डै २ दर्जन जती गीत सार्वजनिक गरिसकेका छन् । उनले परम्परागत झ्याउरे, रोइला, कौडा, सोरठीदेखि लोकदोहोरी, तीजगीत, लोकपप र आधुनिक गीत समेतमा आफ्नो आवाज भरिसकेका छन्
भिडियो हेरौ :