यो देशमा भोकै बस्नु पर्ने के आयो चलन गरिबलाई ?हेर्नुहोस भिडियो नै

काठमाण्डौ-घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को गीत बजारमा लिएर आएका छन् ।कुनै पनि लोक तथा दोहोरी तयार गरिसकेपछी त्यसमा सामाजिक यथार्थता हुन पर्दछ र त्यो गीतबाट समाजमा कुनै न कुनै सकारात्मक संदेश प्रबाह हुन पर्दछ, मान्नेता राख्ने रामकुमारले यस पटक भने “जे गरेनी चल्यो” बोलको गीत लिएर आएका हुन् । यस गीतको भाव अनुसार नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।

प्रस्तुत गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् ।