यस्तो छ सिमा मगरले झाडीमा फालेको बच्चाको स्वास्थ्य अवस्था, केटाको परिवार बच्चा स्वीकार्न तयार (भिडियो)

पोखरा १६, बाटुलेचौरकी ३२ बर्षिय सिमा मगरले अबैध बच्चालाई जन्म दिई बाँसको घारीमा फलेपछि यस बिषयले चर्चा पाएको छ । सिमा मगरकै बयानका आधारमा उत्तम मगर प्रहरी नियन्त्रणमा छन् थप अनुसन्धान कास्की प्रहरीले गरिरहेको छ । गण्डकी अस्पतालमा बच्चा र आमाको उपचार भईरहेको छ भने बच्चाको स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताउनुभयो । बच्चालाई जण्डिसको संकेत देखिएकाले केही दिन अस्पतालमा राख्नुपर्ने उहाँको धारणा थियो । अस्पताल परिसरमै आफू आरोपीत उत्तमकी दिदी बताउने उषा मगरले बच्चा परिवारले स्वीकार्ने दावी गरिन् । उदयपुरमा उत्तमको परिवार रहेको र श्रीमतीले पनि आफू मिलेर बस्न तयार भएको बताएको उनै दिदी बताउने उषाले हामीलाई जानकारी दिईन् ।
यस्ता घटनाहरु अरु महिलाले भोग्न नपारोस् भनेर हामीले सिमा मगरको समस्या बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. इन्दु पुनसंग राखेका थियौं । डा. पुनले पनि बेलैमा सचेत भएर स्थायी साधन प्रयोग गर्न सके वा बच्चा भईहालेमा औषधी मार्फत पनि हटाउन सकिने बताउनुभयो ।