अनैतिक सम्बन्धको बच्चा जन्माएर झाडीमा फाल्ने यि आमा, घरबेटी र बहिनीले गरिन पर्दाफास (भिडियो)

सोमबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर नजिकैको बाँसघारीमा नवजात शिशु फेला पर्यो । बाँसघारीमा बच्चा रुन सम्म सकेको थिएन ।
गाउँलेहरु एकछिनमै जम्मा भए, बच्चाको आमा खोज्नु भन्दा पनि आमालाई तथानाम गालि गरे। केही समयमा प्रहरी गयो । सोधपुछ गरेपछि शिशुको आमा पत्ता लाग्यो ।
बच्चा जन्माउने बित्तिकै त्यसरी बाँसघारिमा फाल्ने महिला थिईन् उदयपुर घर भई हाल पोखरा बस्दै आएकी अञ्जु भनिने सीमा मगर ।
प्रहरीले सोधपुछ गर्न थालेपछि उनी आफैँले बच्चालाई त्यसरी फालेको स्वीकार गरिन् ।
सीमा लिदशोभाको घरमा बिगत एक बर्षदेखी भाडामा बस्दै आएकी थिईन् । तीन छोरा छोरीकी सीमाको श्रीमान्ले अर्की ल्याएपछि दाजु भाउजुको साहारामा बस्दै आएकी थिईन् । उनको छुट्टै कोठा, अलगै भान्छा थियो । मजदुरी गर्ने उनी केही महिना देखी बिरामी भएको नाटक गर्दै काम समेत गर्न गईनन् ।
साउन महिनामा एक जना युवक उनको कोठामा आए । उनकी भदैनी सर्मिला मगरका अनुसार त्यी युवक दिदीको साथी भन्दै दिदीकै कोठामा बसे । घटना पछि बाच्चाको बाबु भनिएका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने बच्चाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।