नेपाल आईडलका बिक्रम बरालको विबाह पार्टीमा यस्तो देखियो, बाबु आमाले गरे छिट्टै नाति हेर्न इच्छा (भिडियो)

बिक्रम बराल नेपाल आईडल सिजन २ का उपबिजेता हुन् । उनले आफ्नी प्रेमीका अनु गहतराजसंग लगन गाँठो कसेका छन् । बैशाख २९ गते उनले बिबाह गरे भने ३० गते बिहे पार्टी दिएका थिए ।
पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा भएको कार्यक्रममा उनका आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका बिशिष्ठ व्यक्तिहरु सहभागी थिए । बिक्रम बराललाई भने शुभकामना थाप्न भ्याई–नभ्याई थियो । क्यामराका सामु केही नबोल्ने बताए भने उनका बुबा आमाले भने आफूहरु खुसी रहेको प्रतिक्रिया दिए । पहिले पनि अनु घरमा आउने जाने गरेको र अहिले
बुहारीको रुपमा पाउँदा अत्यान्त खुसी भएको बिक्रमकी आमाले बताईन् । अब छोराको लागी सबै काम गरिसकिएको र नाती नातिना देख्ने मन रहेको उनीहरुले बताए । बिक्रम बरालका गुरु नवराज बरालले यो बैशाख नकटोस् भनेर पहिले नै बिक्रमलाई शुभकामना दिएको बताए ।