कपुरी क भन्दा छिटो भाइरल भयो ताराबाजी लै लै गायक सुनिल कटुवाल र एन्जिला रेग्मीको

काठमाडौं – नेपाली गितसंगितको क्षेत्रमा एकाएक कहलिएको नाम हो सुनिल कटुवाल । कपुरी “क” गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका थिए । सार्वजनिक भएको दुई दिन बितिसक्दा ट्रेनिङ १४ मा ५ लाख भिउज नजिक आईसकेको छ ।

म्युजिक भिडियो पनि केहि नया दृष्या देखाउन खोजिएको छ भने केहि नया गरिएको छ । गीतको चर्चा पहिलेका गीतभन्दा अलि बढी फन्नी बनाईएको छ ।“तारा बाजि लै लै”बजारमा आए लगतै छोटो समयमा नै चर्चाको शिखरमा चडेको छ ।

प्रदिप लामाको प्रस्तुति रहेको उक्त गितको उत्कृष्ट शब्द तथा संगित भिम बिसिको रहेको छ । प्रमोद भण्डारीको निर्देशनमा रहेको म्युजिक भिडियोलाई प्रदिप लामा र प्रमोदले छायाकन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिंङले सम्पादन गरेका हुन् । प्रदिप लामा र कबिता नेपालि सहित “द नेक्स्ट टिम”ले दमदार अभिनय गरेका छन ।

पप गायक सुनिल कटुवाल र एन्जिला रेग्मीको सुमधुर स्वरमा रहेको उक्त गितको निर्देशन प्रदिप लामाले गरेका गरेका छन ।“द नेस्ट टिम”अफिसियल युटुबबाट सार्वजनिक गरेको यो गित सार्वजनिक भएको २४ घण्टा नपुग्दै चर्चा बटुल्न सफल भएको छ । बधाई अनि विशेष धन्याबाद बिजय कटुवाल किरन भन्डारी र श्री पराजुली सहित शुभकामना यो गितको सम्पुर्ण टिमलाई ।