दुधे बालक छाडेर हिडेकी आमा र छोराको २४ बर्ष पछी मिलनको रहस्य यसरी बाहिरियो (मार्मिक भिडियो सहित)

मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौं अघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर । २४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो ।

दीपककी आमा २४ बर्ष अघि घरबाट बेपत्ता भई भारतमा पुगेर अर्को विवाह गरेर बसेकी थिइन् । केहि दिन अघि जव उनी आफ्नी आमाको मृत्यु भएको सुनेर रुपन्देहीको मुर्गिया आईन । त्यहाँ उनले युट्युवमा एउटा रोइला गीत हेरिन्, सुनिन् । गुल्मीको चन्द्रकोट पनि गीतको शव्दमा जोडिएकोले यो गीत गाउने केटा कसको छोरा होला ? भनेर आफ्नी दिदी संग चासो राखिन् ।

गुल्मीका पत्रकार प्रेम सुनारले यस मिलनको जोडीलाइ समाचार मार्फत जोडी सके पछी चर्चामा आएका दिपक परियार संग स्कटनेपाल ले गरेको कुराकानी तलको भिडियोमा हेर्नुहोस ।