प्रदेश पाँच सरकारको वुद्ध जयन्तीबारेको भ्रामक समाचार

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले प्रदेश पाँच सरकारको वुद्ध जयन्तीबारेको भ्रामक समाचार बिषयलाई लिएर राष्ट्र संघको नियमित क्यालेण्डरमा समेत पारिने गरिएको विस्वस्तरीय मान्यता प्राप्त यस्तो दिवसलाई प्रदेश सरकार स्तरको आधिकारिक समाचार प्रकाशित गरिंदा बिभिन्न दृष्टिकोणबाट मान्न सकिने कुनै पनि दृष्टिकोणसंग मेल नै नखाने गरी बुद्ध जयन्तीका बारेमा भ्रामक समाचार ल्याउनु दु:खद हो भन्दै यस्तो गंभिर बिषयलाई यसरी हल्का रुपमा नल्याउन र गल्तीलाई सच्याउन हार्दिक अनुरोध गर्दै एक प्रेस बिज्ञप्ति जारी गर्नु भएको छ । प्रेस बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ:

प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण बर्ष २०७६ घोषणा गरेर भिजिट लुम्बिनी २०१९/२० ब्यानर सहित अंग्रेज़ी दैनिक दि राइजिंग नेपालमा यही वैशाख २६ गते प्रकाशित सामग्रीमा २६३८ बुद्ध जयन्तीको अवसरमा भनी उल्लेख गरिएको बिषयमा अभियानको ध्यान आकृस्ट भएको छ । (Visit Lumbini Year to promote archeological, historical heritage sites समाचारमा लेखिएको छ: The Visit Lumbini 2019/20 is set to commence on 18th May on the occasion of 2638th Buddha Jayanti to promote and develop the birth place of Gautam Buddha as a tourism destination and fountain of world peace.)

परंपरागत रुपमा मनाइने गरिएकोलाई मान्दा यो बर्ष २५६३ औँ बुद्ध जयन्ती मनाइनु पर्ने हुन्छ र कतै कतै २६०८ र २६४३ औं संख्याहरु पनि देख्न सकिन्छ वुद्ध जयन्तीको सन्दर्भमा । पहिलो बुद्धको महापरिनिर्माण, दोश्रो वुद्धत्व प्राप्ती र तेश्रो जन्मसंग सम्बन्धित छन । त्यसैले यी सबै संख्या सही छन, केबल आधार के भन्ने मात्रै फरक हो । वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले केही बर्षदेखि वुद्धको जन्म नेपाल भएका कारण वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गरिन्थ्यो । अत: यो बर्ष २६४३ औं वुद्ध जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही हो । पोस्टरबाट यो स्पस्ट हुन्छ र यही भ्रम नहोस भन्नाका खातिर हामीले बिगत केही बर्षदेखि यो किसिमको पोस्टर पोस्टिङ् गर्न शुरु गरेका हौं ।

युनेस्कोको आर्थिक सहयोगमा विस्व स्तरीय पुरातत्वबिद प्रो रविन कनिंघामले नेतृत्व गर्नु भएको समूहले लुम्बिनीमा अत्याधुनिक प्रबिधिका आधारमा गरेको अनुसन्धानले वुद्धलाई हामीले जुन समयमा जन्मनु भएको भनी मानी आएका हौं त्योभन्दा केही सय बर्ष अघि जन्मनु भएको हुनुपर्ने भनी निस्कर्ष निकालेको छ र यस्लाई थुप्रै अन्तरास्ट्रिय पत्रिकाहरुले उच्च प्राथमिकताका साथ प्रकाशित गरेका छन भने न्यासनल जियोग्राफी जस्तो विस्वस्तरीय छबी भएको संस्थाले त यस्को डकुमेण्ट्री नै बनाएको छ ।

प्रदेश पाँच सरकारले २६३८ बुद्ध जयन्तीको उपलक्षमा २६३९ औं बुद्ध जयन्तीसम्म भ्रमण बर्ष मनाइने कुरा जसरी समाचारमा ल्यायो, माथिका चारवटै संख्यासंग कहीं कतै मेल खाँदैन । राष्ट्र संघको नियमित क्यालेण्डरमा समेत पारिने गरिएको विस्वस्तरीय मान्यता प्राप्त यस्तो दिवसलाई प्रदेश सरकार स्तरको आधिकारिक समाचार प्रकाशित गरिंदा उपर्युक्त कुनै पनि दृष्टिईकोणसंग मेल नै नखाने यस किसिमको भ्रामक समाचार आउनु दु:खद हो र यस्तो गंभिर बिषयलाई यसरी हल्का रुपमा नल्याउन र गल्तीलाई सच्याउन अभियान हार्दिक अनुरोध गर्दछ ।

रामकुमार श्रेष्ठ मिति: २८ बैशाख, २०७६
विस्व संयोजक
लुम्बिनी-कपिलवस्तु विस्व अभियान
ram.shrestha009@gmail.com omram2002@gmail.com
Mobile: (+61) 0415040009 / (+977) 9846379376