वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने

२० बैशाख, कुश्मा: कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको अध्यक्षतामा बसेको बैठकले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ धुपी वृक्षारोपण गरी सो सडकलाई धुपी नामाकरण गरिनेछ भने अर्को सडकको दुबैतर्फ अशोक वृक्षारोपण गरी सो सडकलाई अशोक मार्ग नामाकरण गरिनेछ ।

वृक्षारोपणको अत्यन्तै आकर्षक र धार्मिक एबं सांस्कृतिक महत्वको पाटो कुश्मा नगरपालिकाको वडा नम्बर ७ को खरेहामा तयार गरिने “ॐ पार्क” हुनेछ । सो पार्क १०८ पिपलको विरुवा ॐ आकारमा लगाइनेछ । प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गरिनेछ र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुवो र शालिग्रामलाई ब्यबस्थित गरिनेछ । सो पार्कभित्रै तयार गरिने पोखरीको वीचमा वुद्धको मूर्ति राखिनेछ । पार्कभित्र पिकनिकस्थलको पनि ब्यबस्था गरिनेछ ।

पिपलको बोटमुनि वुद्धले ध्यान गरेर ज्ञान प्राप्त गर्नु भएकोले पिपललाई पूजा गर्ने गरिन्छ भने आधुनिक बिज्ञानले पिपलले सबैभन्दा धेरै अक्सिजन छाड्ने विरुवाको रुपमा लिने गरिएकोले यस्को धार्मिक र बैज्ञानिक दुबै दृष्‍टिकोणले ठूलो महत्व छ । १०८ लाई हिन्दू, बुद्धिस्ट र योगा परंपरामा ठूलो महत्व दिइने भएकोले यसरी १०८ पिपलको बोटयुक्त ॐ पार्क निर्माण गरिने अबधारणालाई अगाडि बढाइएको हो र यो अबधारणालाई मूर्त रुप दिन नेतृत्वदायी भूमिका निर्बाह गर्नुहुनेछ कुश्मा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द्र पौडेलले ।

ॐ पार्क कुश्मा पुग्नु अगावै मुस्ताङ जाने राजामार्गसंग नै जोडिने भएकोले पार्कलाई राजामार्गबाट नै देख्न सकिनेछ । स्थलगत निरीक्षणपस्चात ॐ पार्कको अबधारणालाई मूर्त रुप दिसकेपछि यस्लाई ध्यानकेन्द्र बनाइने उपयुक्त बातावरण भएकोले त्यसतर्फ पनि योजना बनाइनुपर्ने बिषयमा लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ र वडा अध्यक्ष सुभाश चन्द्र पौडेलको बीच छलफल भएको छ ।

वडा नम्बर ८ को बिष्णु बाटिका आस्वस्थ मुक्ति मार्गमा बातावरण दिवसका दिन वृक्षारोपण गरिनेछ र यस्का लागि वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार क्षेत्रीले नेतृत्वदायी भूमिका निर्बाह गर्नुहुनेछ ।

यो वृक्षारोपण कार्यक्रम यो वुद्ध जयन्ती अबधिभरीमा अन्य वडाहरुमा पनि बिस्तार हुन सक्नेछ ।

बैठकमा लुम्विनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अस्ट्रेलिया सरकारका तर्फबाट वरिष्ठ स्टक्चरल इन्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, वडा ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १४ का अध्यक्षहरु क्रमश: तेज प्रशाद पाध्या, मीना कुमारी कर्माचार्य, चित्रकला भारती शर्मा, रुद्र गिरी, सुवास चन्द्र पौडेल, राजकुमार क्षेत्री, कृष्ण प्रशाद लामिछाने, शिव प्रशाद पौडेल, राजेन्द्र पौडेल र भीम प्रशाद गुरुङ आदिको उपस्थिति थियो ।

Om park -Model