अटाउन नसकेको मान्छे ; कविता

##कविता ##

अटाउन नसकेको मान्छे

म त हजुर अटाउन नसकेको मान्छे ।
घर देसमा म अटाउन नसकेको मान्छे ।।
अनि पर देसले मलाई हटाउन नसकेको मान्छे ।
यस्तै रैछ ज़िन्दगी मैं म रूमलिएको मान्छे ।।

पढाइ सकि जागीरमा नअटेको मान्छे ।
लिखितमा पास गरी इन्टरभ्युमा नअटेको मान्छे ।।
सुब्बा ख़रदार बन्ने होइन
अफिसरमा नअटेको मान्छे ।
मेरा बाबु थेनन नी त सरकारमा नखटेको मान्छे ।।

डिग्री पासको सर्टिफिकेट घाँटीमा नअटेको मान्छे ।
अफिसर नै बन्छु भन्थे एन टि. भि. मा पनि नअटेको मान्छे ।।
लोकसेबा नी दिएकै हो रिजल्टमा पक्कै नअटेको मान्छे ।
ग्रिनलेज पनि आफ्नै थियो
हिलयएनमा झण्डै झन्डै अटेके मान्छे ।।

बिमा सँस्थानमा झन्डै झन्डै अट्नै आँटेको मान्छे ।
के हुन्थ्यो र झन्डै जर्मनीमा खटन मात्र आँटेको मान्छे ।।
झुक्किएरै जापान मैं पो अटाउन लागेको मान्छे ।
म त हजुर आफ्नै देसमा नअटेको मान्छे ।।
ग्रिष्मा पाैड्याल