२५ मे मा बेलायतमा ऐतिहासिक एनआरएन बहस कार्यक्रम हुने

लन्डन । आगामी मे २५ तारिखका दिन बेलायतमा ऐतिहाँसिक एनआरएन बहस कार्यक्रम हुने भएको छ।

बेलायतबाट संचालित अनलाईन ट्वान्टीफोर न्युज प्रेस डट कमले आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर आगामी मे २५ तारिखका दिन ऐतिहासिक एनआरएनएन बहस कार्यक्रम आयोजना गर्ने हो।

संसदमा विचाराधीन रहेको गैर आवासीय नेपाली नागरिकताकोे विषयलाई प्रमुख मुद्दा बनाएर अनलाइनले भब्य वहस कार्यक्रम आयोजना गर्न लागेको हो। आयोजक संस्थाका अध्यक्ष तथा एनआरएनए बेलायतका उप महासचिव विनय अधिकारीले गैर आवासीय नेपालीको अहिलेको जल्दाबल्दो मुद्धामा केन्द्रित भएर एनआरएन बहस आयोजना गरिएको बताएका छन्।

एनआरएनमा अहिले सबैभन्दा जल्दोबल्दो मुद्दाका रुपमा एनआरएन नागरिकता रहेकाले बहस कार्यक्रममा एनआरएन नागरिकतालाई जोडतोडले उडाइने अध्यक्ष अधिकारीले बताए। विश्वभरी बस्ने लाखौँ गैर आवासीय नेपालीको विषयलाई केन्द्रित गरेर बहस आयोजना गरेका हौँ, अध्यक्ष अधिकारीले भने, यूकेमा यो कार्यक्रम पहिलो हो भने सम्भवत विश्वभरीकै पहिलो नमुना बहस हुने अपेक्षा गरेका छौँ।

कार्यक्रममा यूकेका नेपाली राजदूत दुर्गा प्रसाद सुवेदी, एनआरएनका पूर्व अध्यक्षद्धय जीवा लामिछाने, शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट, एनआरएनए नागरिकता कार्यदलका संयोजक रामप्रताप थापा, एनआरएन आइसिसीका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, एनआरएन अभियन्ता तथा प्रमुख संरक्षक डमर घले, एनआरएन युकको पूर्व अध्यक्ष योगेन क्षेत्री, संरक्षक सूर्य गुरुङ, अष्टेलिया महावाणिज्य दुत दिपक खडका, एनआरएन यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएन अफ्रिका संयोजक सुनिल कार्की, एनआरएन यूके अध्यक्ष योग कुमार फगामी लगाएतको सहभागिता रहने भएको छ।

त्यस्तैगरी नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एपी वान टेलिभजनका महाप्रवन्धक विकास लामिछाने, चर्चित कार्यक्रम प्रस्तोता टिकाराम यात्री र रिर्पाटर मोहराज शर्मालगायत एनआरएनए युरोपभरिका एनसिसी अध्यक्ष तथा क्षेत्रीय संयोजक, सहसंयोजकहरु, विज्ञहरु, एनआरएन अभियन्ताहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, डाक्टाटर, एनआरएनकर्मी र बेलायतमा बस्ने गैर आवासीय नेपालीलगायतको सहभागिता रहनेछ।त्यस्तैगरी कार्यक्रममा अहिलेसम्म ४ सय भन्दा बढीलाई निमन्त्रण गइसकेको अध्यक्ष अधिकारीले जानाकारी दिएका छन्।

कार्यक्रम सफलताका लागि एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, गैर आवासीय नेपाली संघ यूकेका संरक्षक योगेन्द्र क्षेत्री र अध्यक्ष योगकुमार फगामीले एनआरएन बहस कार्यक्रमलाई भव्य रुपमा सफल पार्न शुभकामना व्यक्त गरेका छन्। सञ्चार क्षेत्रबाट समाजमा योगदान पु¥याएका व्यक्तिलाई थप हौसला होस भनेर अवार्ड गर्न लागिएको अध्यक्ष अधिकारीले बताए।

त्यसैगरि, एनआरएन यूकेको बैठकले समेत कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि एनआरएन यूकेका उपमहासचिव समेत रहेका विनय अधिकारीलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिने निर्णय गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने निर्णय गरेको छ।

दुई चरणमा सम्पन्न हुने यस कार्यक्रममा पहिलो चरणमा बहस र दोस्रो चरणमा अवार्ड हुनेछ। कार्यक्रममा एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण, गोर्खाको गौरव र चुनौतीहरु लगायतका एजेन्डामा केन्द्रित गरिने आयोजकले जनाएको छ।