भष्ट्रचार , ठग र कामचोर कर्मचारीको सिधा पदार्फास काठमाडौमा –रबि ,पोखरामा अपिल, झापामा खगेन्द्र (भिडियो भिडियो सहित)

काठमाडौं , नेपाली पत्रकारितामा पछिल्लो समय चर्चाको चर्चामा रहेका छन् पत्रकार रवि लामिछाने । न्यूज २४ मा कार्यक्रम सिधा कुरा जनता सँगले उनको उचाई माथि पुराएको छ । जनता सँग सिधा सम्पर्क, भष्ट्चार अनि न्यायका लागि उनको आवाज धेरैको लागि आवाज बिहिनका लागि आवाज बनेको छ । भने भष्ट्रचारीहरुलाई पर्दाफास गर्दै उनी देश तथा बिदेशमा लाखौ दर्शकको नजरमा परेका छन् ।
तस्विरमा रवि लामिछाने । उनले न्यूज२४ बाट सञ्चालन गर्ने कार्यक्रम सिधा कुरा जनतासँग अहिले नेपालमा सर्वाधिक हेरिने कार्यक्रम अन्तर्गत पर्दछ ।
त्यस्तै पोखराका अपिल त्रिपाठी जो गण्डकी छड्के कार्यक्रम संचालक हुन । गण्डकी टेलिभिजनको कार्यक्रम उत्पादन गर्ने त्रिपाठी पछिल्ला केहीँ बर्षमै
धेरै नै उचाईमा पुगेका छन् । उनले सरकारी कार्यालयको गतिबिधी तथा भष्ट्चारी लाई कारवाहीँको भिडियो सार्वजनिक गर्दै आएका छन् ।

>भिडियो हेर्नुहोस ।

पोखराका अपिल त्रिपाठी, उनले पोखरामा रहेको गण्डकी टेलिभिजन मार्फत सञ्चालन गर्ने कार्यक्रम गण्डकी छड्के धेरै नै चर्चित कार्यक्रम हो ।
उनले संचालन गरेको पछिल्लो छड्के मार्फत ५० वटा कार्यक्रम उत्पादन गरी सकेका छन् । उनको भिडियो तथा प्रस्तुती अहिले नेपालको पूर्वी मेची देखि पश्चिम महाकाली सम्म हेर्ने गरेका छन् ।

यस्तै नेपालको पूर्वी भागमा रहेर पत्रकारिता गर्दै आएका खगेन्द्र घिमिरे पछिल्लो समय पूर्वमा परिचित नाम हो । माथीका दुई पत्रकार जस्तै भष्ट्रचार,समयको ढिलासुस्ती, काम चोर कर्मचारीको बिषयमा सिधा आवाज मिडिया मार्फत ल्याउदै आएका छन् । बिगत १० बर्ष अघि बाट पत्रकारिता सुरु गरेका घिमिरे पछिल्लो समय अनुसन्धान अनलाईन टिभी मार्फत अत्याधिक चर्चामा आएका छन् । स्थानीय पत्रपत्रिका,केहीँ स्थानीय टेलिभिजनमा काम गरिसकेका घिमिरे हाल राष्ट्रिय टेलिभिजन माउण्टेन टेलिभिजनको झापा संवाददाता समेत हुन । उनले पछिल्लो ६ महिना देखि सुरु गरेको Youtube Channel अनुसन्धान अनलाईन टिभी मार्फत झापाका धेरै सरकारी कार्यालयका कर्मचारीको कामचोर प्रवृतिका धेरै भिडियोहरु सार्वजनीक गरिसकेका छन् ।

यती मात्र होइन् पूर्वी नाकामा हुने अवैध असुली तथा अबैध धन्दा बापत प्रहरी प्रशासन तथा कर्मचारीले घुस लिदै गरेको समाचार प्रशारण गर्न र कारवाही गराउन सफल भएका हुन ।