बागमतीमा ८० प्रतिशत सरसफाई भईसकेको छः अभियान्ता चन्द (अन्तर्वार्ता)

बागमतीमा ८० प्रतिशत सरसफाई भैसकेको बागमती सफाई अभियानका अभियान्ता चक्रबहादुर चन्दले दाबी गरेको छन् । नेपाल जापानसंगको कुराकानीमा चन्दले अहिले हरेक हप्ता राष्ट्को नाममा स्वयंमसेवा भन्दै काम गरिरहँदा बागमतीमा लगभग ८० प्रतिशत सरसरफाई भईसकेको दावी गरेको हुन् ।

पछिल्लो समय उनी बागमती सफाईमा मात्र नभई चलचित्र क्षेत्रमा पनि काम गर्न थालेका छन् । उनले आफू बागमती सफाई अभियानमा मात्र नभई चलचित्र क्षेत्रको सफाई अभियानमा समेत लागिपरेको बताएका छन् ।

उनले यस सफाई अभियानमा भने आफू मात्रै सम्पूर्ण नेपाली नै सन्तुष्ट हुन नसकेको गुनासो गरे । बागमती सफाई अभियान ३११औँ हप्तामा प्रवेश गरिरहँदा भने अब यसलाई केहि फरक ढंगले अगाडि बढ्न सल्लाह भईरहेको चन्दले जानकारी दिए । उहाँका अनुसार बागमती सफाई अभियानमा १० लाग मानिसहरु सहभागी हुनुका साथै देशका एक सय भन्दा ठाउँमा सफाई अभियान शुरु भएका छन् ।

स्थानिय सरकारले पनि फोहोर उठाउनमा त्यति ध्यान दिएर लागि नपरेकाले अलि आफू चुकिरहनु परेको चन्दले गुनासो पोखेका छन् ।

यस्तै उनले बागमतीको फोहोर जस्तै नेपाली सिने क्षेत्रमा पनि फोहोर भएकाले त्यसलाई पनि परिवर्तन गर्दै गर्नुपर्ने देखेको बताए । उनी चलचित्र पे्रम गीत २ बाट सल्लाहकारका रुपमा नेपाली चलचित्रमा हात हालेका हुन् । त्यस पश्चात उनले मेरी मामु फिल्ममा समेत काम गरिसकेका छन् ।

हेर्नुहोस् चक्रबहादुर चन्दसंगको कुराकानी भिडियोमा