पथरी कान्ड- प्रहरीले गोली र अस्रुल ग्यास हानेपछि ७० बर्षीय बुबा घाइते , आँखा बाट आँशु झार्दै यसो भने (भिडियो सहित)

पथरी । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रिना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गरेको छ । प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी पूर्व बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भाग्ने क्रममा एकजना घाईते भएका छन । नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा पथरी १ का जितबहादुर लावती घाईते भएका छन । उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।