रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट लगायत सम्पूर्ण समिति निर्बिरोध

विजय थापा ,अमेरिकाको न्यू योर्क स्थित चर्चित गैर मुनाफा सामाजिक सँस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्बिरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन ।

आज आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् । पदाधिकारीहरु यस प्रकार रहेका छन् । अध्यक्षमा राजेश भट्ट ,उपाध्यक्षमा भुवनेश्वर अधिकारी ,सचिवमा दिपक राज काफ्ले ,सह सचिवमा गोपी प्रसाद ढुंगाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

यसै गरि सदस्यहरुमा क्रमस मोहन प्रसाद गौतम ,यादव प्रसाद वास्तोला ,सुशील भुसाल ,हरि बहादुर केसी ,तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् । उक्त निर्वाचन को परिणाम निर्वाचन अधिकृत कुमार प्रसाद तिमिल्सिनाले अप्रिल ७ का दिन सार्वजनिक गरेका हुन् ।