३ दिन सम्मका लागि बन्द स्थगित, रोडमै सूते स्थानिय : रिना प्रकरण ‘भिडियो सहित्’

पथरीशनिश्चरे- मोरङको पथरीशनिश्चरेमा बैशाख ७ गते रिना बस्नेतको शंकास्पद रुपमा मृत्यु पछि दोषी पक्राउ र कार्वाहीको माग गर्दै आक्रोसित बन्दै प्रदर्शन गरेका स्थानीयले ३ दिनका लागी सङ्घर्षको कार्यक्रम स्थगित गरेका छन । आज पनि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका स्थानियले प्रहरी प्रशासनसँग बार्ता गरी ३ दिनको अल्टिमेटम सहित ३ दिनका लागी सङ्घर्षका कार्यक्रम स्थगित गरिएको सङ्घर्ष समितीका संयोजक कविता पराजुलीले बताइन् । पछिल्लो समय अशान्त बनेको पथरीमा आज प्रहरी र स्थानिय बन्दकर्ताबीच दोहोरो झडप समेत भएको छ ।

प्रहरीले सडकमा आएका पथरीवासीलाई अश्रु ग्यास प्रहार समेत गरेका छन्। प्रहरीले अश्रु ग्यास कावेली अस्पतालमा समेत प्रहार गरेको छ । पथरीशनिश्चरे स्थित कावेली हस्पिटलमा उपचाररत रहेका बिरामीको अश्रु ग्यास प्रहारबाट अवस्था अस्तव्यस्त बनेको थियो । हस्पिटल जस्तो संबेदनसिल ठाउँमा समेत प्रहरीले अश्रु ग्यास प्रहार गर्दा बिरामी बालबालिका र ठुलालाई समेत ठुलो असर परेको अस्पताल श्रोतले बताएको छ । प्रहरीसंगको झडपमा परी सर्वसाधारण घाइते भएका छन् । पथरी हस्पिटलमा जित बहादुर लावती , ज्ञानेन्द विष्ट , मञ्जु गौतम सहित ४ जना घाइतेहरु उपचाररत रहेका छन् । यस्तै मोरङ हस्पिटल पथरीमा भर्ना गरिएका गोपाल विश्वकर्मा र सुदिप राईलाई थप उपचारका लागि बिराटनगर रेफर गरिएको हस्पिटलले जनाएको छ ।

प्रहरी प्रशासनसँग प्रारम्भिक वार्ता गरेर फर्कने क्रममा सहमति विपरीत वार्ता टोली र स्थानियलाई प्रहरीले लाठी, ढुङ्गा, र अश्रु ग्यास प्रहार गरे पश्चात स्थिति असामान्य बनेको थियो । सहमति विपरीत प्रहरीले गरेको ज्यादति प्रती नगर प्रमुख दिलिप कुमार राई र उपप्रमुख यमूना विष्टले आपत्ति जनाएका छन्। प्रदर्शनलाई सम्बोधन गर्दै नगर प्रमुख राईले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी प्रशासनलाई निरन्तर दवाव दिने प्रतिबद्दता जनाएका छन्। प्रदर्शनकै क्रममा उपप्रमुख वास्तोलाले प्रहरीको दमनको विरोध गर्दै प्रहरी दमनको भत्र्सना गरेकी छन् र स्थानियको उचित मागका विरुद्द दमन गर्ने प्रहरी प्रशासन आवश्यक नपर्ने बताएकी छन् ।

भिडियो