अभिनेता रमित ढुङ्गाना

अभिनेता रमित ढुङ्गाना पछिल्लो केही वर्ष नेपाली सिनेमाबाट सुस्ताएका छन्। माया नमारु सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका रमित ढुङ्गाना स्टाइलिस हिरोका रुपमा चिनिन्थे। खासमा माया नमारु सिनेमामा अनुबन्धित भएका नायकले समय दिन नभ्याए पछि सिनेमाको हिरो बनेका रमित ढुङ्गानाले धड्कनु, मुङग्लान्, देवर बावु लगायत सय बढी सिनेमामा काम गरिसकेका छन्।

पछिल्लो समयमा बुद्ध बर्न इन नेपालु सिनेमा निर्माण गरेका रमित अब राजा साहेबुबाट नेपाली रजतपटमा कमब्याक गर्ने सोँचमा छन्।लामो कपाल पहिचान बनेका अभिनेता रमित ढुङ्गानालाई हामीले केही दिन अघि पुरानो सिनामंगल जडिबुटीमा भेट्ने अवसर पाएका थियौँ। भेटको अवसरमा रमितले जीवनका केही रमाइला घट्ना हामीलाई शेयर गरे।उनी भन्छन्, सायद म सिनेमा माया नमारु गर्नु भन्दा १ वर्ष अगाडि हुनु पर्छ, त्यो बेला मेरो कपाल निक्कै लामो थियो। झण्डै हिप सम्म आउने कपाल थियो।

कारण मलाई सानै बाट कपाल पाल्न दिइएको थियो।आफ्ना पुराना कुरा सम्झदै रमित भन्छन्, जडिबुटी चोकमा म चढेको गाडी विग्रियो। त्यसपछि घर आउनलाई मैले एकजना मोटरसाईकलको दाईलाई लिफ्ट मागे। उहाँको घर मेरो घर नपुग्दै विच बाटोमा भएकोले मलाई पुर्याउन मान्नु भएन। मैले जवरजस्ती मेरो घरसम्म छोड्न लगाएँ। विचरा मलाई पुर्याएर फेरि घर फर्किनु भयो।उनी अगाडि थप्छन्, तर राती १० वजे तिर मेरो दाई अमितले मलाई बाहिर बोलाउनु भयो। घर बाहिर निस्कदाँ साझमा मलाई पुर्याउने दाई मलाई लिन आउनु भएको रहेछ। उहाँको गालामा, हातमा नङले चिथोरेको डामहरु थियो।

अनी उहाँले मेरो घर हिड्नु भन्नु भयो। म डराई डराई उहाँको घरमा गएँ। उहाँको घर पुग्दा आँगन भरी किचेनका सामानहरु छरपष्ट भएको देखेँ। उहाँका आमा निन्याउरो अनुहार लिएर बस्नु भएको छ। श्रीमती रोएर बस्नु भएको रहेछ। आखिर के भएको रहेछ त भनेर मैले बुझ्दै जाँदा अपत्यारिलो घट्ना भएको रहेछ।त्यो घट्ना के भएको थियो नायक रमित ढुङ्गानाको जीवनमा। थाहा पाउनका लागि तलको लिङ्कमा गएर क्लिक गर्नुहोस्।