#सरकार ! मेरो बा आमालाई भत्ता होईन हामी युबालाई रोजगारीको ग्यारेन्टी गर ।

संचार माध्यमलाई कमाइ खाने भाँडो बनाउदै केहिले – बृद्ध भत्ता बढाउछु भन्ने सरकारले बृद्ध भत्ता हटाउन लाग्यो भन्दै शिर्षक बनाए । केहिले मागी खाने भाँडो बनाउदै सरकारले – आगामी जेठबाट बृद्ध भत्ता दोब्बर बनाउदै छ भन्दै बिना पुष्टि शिर्षक लेखाए । बिना आधार , बिना भरपर्दो सुचना वा आधिकारिक स्रोत नखुलाई आफुले कुनै पनि समाचार बनाउँदा समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष कति असर पुर्याउछ भन्ने सामान्य हेक्का समेत राख्न नसक्ने वा राख्न नचाहनेले समाचारलाई अतिरन्जित र समाजलाई धमिल्याउने काम गरिरहेका छन ।

शिक्षा , स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो । सरकारबाट उपलब्ध भएका सेबा , सुबिधा र उपयोग बापत जनताले सरकारलाई कर तिर्ने गर्छन ।जनताले तिरेको करबाट राज्यका संरचनाहरु सुचारू हुन्छ्न । तसर्थ देशको अर्थतन्त्र र मुद्राको सन्चिती अनुसार राज्यले आफ्ना नागरिकलाई विभिन्न प्रकारका सेवा, सुबिधा , छुट , बिमा , भत्ता र सहुलियतहरु प्रदान गर्दछ ।

सामान्यतया बिकशित मुलुकहरूको हकमा जनताहरु बढी लाभान्वित भएतापनी हाम्रो जस्तो गरिब र अति भस्ट्राचारग्रस्त मुलुकमा राज्यबाट त्यस प्रकारका सुबिधाहरु अत्यन्त न्यून वा नगन्य रुपमा प्रदान गरिएको हुन्छ । देश संघीय गणतन्त्रमा होमिएको अबस्थामा स्थानीय , प्रादेशिक र केन्द्रिय सरकारको आर्थिक भार बोक्न हाम्रो अर्थतन्त्रलाई मजबुत र भस्ट्राचाररहित बनाउनै पर्छ । जबसम्म देश भस्ट्राचारमुक्त वा नियन्त्रण हुँदैन तबसम्म न त देश समृद्धिको बाटोमा अगाडि बढ्न सक्छ न त राज्यबाट जनताले अपेक्षा गरेका कुनै प्रकारको सेवा , सुबिधा र सहुलियत प्राप्त गर्न सक्छन । त्यसैले बिशेषत : हामी युबाहरुले आफ्नो ठाउँबाट आवाज उठाउनु र भस्ट्राचार बिरोधी अभियान चलाउनुको अर्को विकल्प छैन । हामी युबाहरुले सहिलाई सहि र गलतलाई गलत भन्न नसकेर सुसु गर्दै अझै पनि नेताहरुको ढाल बनेर उनीहरुको बचाउमा लाग्ने हो भने हाम्रो कयौं पुस्ताले गरीबीको छातामुनी सुतुरगुर्ग झै आफ्नो टाउको लुकाईरहनु पर्ने बाध्यता रहिरहनेछ ।

देशको सबैभन्दा ठूलो समस्याको रुपमा फैलिदै गएको भस्ट्राचार र दण्डहीनताले समाजमा ठूलो आतंक , अराजकता र आक्रोश पैदा गरिरहेको छ । जुनसुकै देश वा स्थानमा पनि असल र खराब मानिसहरु हुने गर्छन । खराब आचरण, प्रवृत्ति र पद्दतिलाई असल मानिसले कानुनत: रुलिङ गर्दै दण्डित गर्ने हो भने अबश्य पनि गलत प्रबृत्तिको नियन्त्रण गर्न कुनै आइतबार कुर्नु पर्दैन । तसर्थ राज्य संचालनमा पुगेकाहरुले आफूबाट सोच र प्रबृत्तिमा परिबर्तन गर्दै मातहतका कर्मचारीहरुलाई पनि त्यही अनुसारको निर्देशन र दन्डित गर्ने हो भने देश समृद्धको बाटोमा जाने कुरामा दुईमत नहोला ।

राजनैतिक द्वन्दले आक्रान्त बनाएको हाम्रो जस्तो गरिब मुलुकमा झण्डै दुई तिहाईको बलियो सरकार बन्नु एउटा सुनौलो अबसर थियो । जसबाट जनताले तमाम अपेक्षाहरु राखेका थिए । तर बिस्तारै सरकार जति जति लम्बिदैछ त्यति त्यति जनतामा गुनासोहरु बढ्दै गएको छ । अघिल्ला सरकारले भन्दा केही दीर्घकालीन योजना र बिकाशको जबर्जस्त तरङ्ग त पैदा गरेको छ तर स्पष्ट आवाज दिन सकेन । म जनताको सेबक हुँ , सुशासन , बिकाश नै मेरो लक्ष्य हो भन्ने आवाज सुनाउन सकेन ।

रेमिटान्सले धानिएको देशको अर्थतन्त्रमा बर्सेनि खर्बौ रकम बेरुजु हुनु , आर्थिक वृद्धिदरले आशातित उपलब्ध हासिल गर्न नसक्नु , लगानी सम्मेलनले बिदेशी लगानी उल्लेख्य रुपमा आकर्षक गर्न नसक्नु , ब्यापार घाटा आकासिनु , राज्यको ढुकुटीबाट भिआइपीहरुको बिदेश भ्रमण खर्च नियन्त्रण गर्न नसक्नु , १ बर्ष भित्रमा बजेट खर्चको ११ % पनि खर्च हुन नसक्नु , बन्द भएका कलकारखानाहरु सुचारु गर्न नसक्नु वा कुनै पनि नयाँ ठुला औधोगिक कलकारखानाहरु खोल्न नसक्नु ,बेरोजगार युबाहरु बिदेश पलायनको बैकल्पिक ब्यबस्था गर्न नसक्नु , नेप्से सुचांक नियमित ओरालो लाग्नुले देशको अर्थतन्त्र भयावह अबस्थामा रहेको देखाउँछ ।

देशको अर्थतन्त्र ज्यादै नाजुक अबस्थामा रहेको अबस्थामा सरकारले बृद्धभत्ता बढाउन खोज्नु लोकप्रिय ,जनमुखी काम हो या नाजुक अर्थतन्त्रलाई अझ थला पार्नु हो आजको दिनमा बहस हुन जरुरी छ । एकल महिला , अशक्त , अपाङ्गहरुको हकमा बाहेक ७० बर्ष काटेकै आधारमा भत्ता बढाउदै जाने हो भने जन्मिदै २८ हजार ऋण बोकेर जन्मिनु पर्ने देशको अर्थतन्त्र आगामी केही बर्ष भित्रमा कुन अबस्थामा पुग्ला ? अनुमान सहजै लगाउन सकिन्छ । तसर्थ जुन बुद्ध बुबा आमाको आफ्नो भन्ने कोहि सहारा छैन ,जसको पैतिक सम्पत्तिले खान लगाउन पुग्दैन ।

जो बास्तबिक गरिबि र अभावको पिडामा बाँचिरहेका छन उनीहरुको हकमा राज्यले आबश्यकता अनुसार सुबिधा , भत्ता र सहुलियत दिनुपर्दछ तर छोराछोरी युरोप, अमेरिका , जापान जस्तो सप्पन्न मुलुकमा महिनाको लाखौं कमाईरहेका छन । जसको गाडी , अथाह बैंक ब्यालेन्स छ ,सरकारी पेन्सन बुझ्छ , घर भाडाबाट लाखौं बुझ्छ उसलाई सरकारले उपलब्ध गराउदै आएको २ हजार वा बढाएर दिन लागेको ५ हजारको के कति आबश्यकता पर्ला ? एउटा गतिलो संयन्त्र बनाएर जसलाई मासिक २ वा ५ हजारले ठुलो अर्थ राख्छ वा जसको जीवनयापनमा ठुलो टेवा दिन्छ उनीहरुको हकमा आबश्यक परे बढाएर १० हजार दिन सकिएला तर सम्पन्न परिवार र मध्यम परिवारका ७० बर्से बा आमालाई दिने भत्ताले बरु देशमा उधोग धन्दा, उर्जाको क्षेत्रमा लगानी गरौं ।

रोजगारीको सिर्जना गरौं। बिदेशिएका लाखौं युबाहरु घर फर्किने बाताबरण बनाऊ ।हाम्रा ७० नाघेका बा आमाका आधारभुत आबश्यकता पूरा गर्न हामी सक्षम छौ । हामी गरीब हौंला तर निरीह छैनौ । हामी, हाम्रो बुद्ध बुबाआमा पाल्न सक्षम छौ। सरकार, हामीलाई न त तिम्रो बेरोजगार भत्ता चाहिएको छ न हाम्रा बा आमालाई तिमीले उपलब्ध गराउने २ हजारको नै आबश्यकता छ । बरु सट्टामा, हामीलाई रोजगारीको बाताबरण बनाईदेउ । रोजगारीको ग्यारेन्टी गरिदेउ । ब्यापार ब्यबसाय गर्ने बाताबरण निर्माण गरिदेउ । ढुक्कले काम गरेर, ब्यबसाय गरेर आफ्नै परिवारसंग बसेर मिठोनमिठो खुसि मनले खाने बाताबरण बनाउदेउ । म पाल्छु मेरा बा आमा , हामी पाल्छौ हाम्रा बा आमा सरकार तर सिस्टम बसालिदेउ । रोजगारीको बाताबरण बनाइदेउ ।
एक नारायण पौडेल
भमनपा वाड नं १३, चितवन