नयाँँ बर्ष धमाका मेलबर्नमा भव्यताका साथ सम्पन्न

रोयल वेस्टर्न फुटबल क्लब मेलबर्नको आयोजना तथा साहित्यकार, समाजसेबी सुशील चालिसेको सकृयतामा अस्ट्रेलियाको मेलबर्नमा “नयाँँ बर्ष धमाका २०७६” भब्य रुपमा सम्पन्न भएको छ । साईप्रस कम्युनिटी हलमा सम्पन्न यस कार्यक्रममा १९ तारिख बेलुकी ३ सयभन्दा बढि नेपालीहरुको उपस्थिति रहेको थियो । सुबोध गौतमको हास्य व्यंगपछि गायक मानस राजको “भाईरल भईदियो” लगायत अन्य गितहरु र चर्चित लोक गायक एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूत बद्री पङ्गेनीको “ससुरालीमा” का साथै अन्य गितहरुसंगै रमाउदै कार्यक्रममा उपस्थित दर्शकहरु नाचगानमा शरिक भए ।

नेपालबाट आमन्त्रित अतिथी कलाकारहरुका साथमा मेलबर्नमा स्थापित नेपअस डान्स ग्रुप र अन्य स्थानीय कलाकारहरुले आ-आफ्नो गित र नृत्य प्रस्तुत गरेका थिए ।

नेपालबाट आएका कलाकारहरुलाई भिक्टोरिया राज्यका अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जनले स्वागत गर्दै नयाँ वर्ष २०७६ को उपलक्षमा आयोजित कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरे ।

क्लबका अध्यक्ष बम योन्जनले शुभकामना मन्तव्य र क्लबका सेक्रेटरी दिपेन्द्र खड्काले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको अघिल्लो दिन कलाकार र रोयल वेस्टर्न टिमका बीच केन्ली पार्कमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना पनि गरिएको थियो ।

कार्यक्रमका संयोजक तथा रोयल वेस्टर्न फुटबल क्लबका सल्लाकार रोशन दाहालले कार्यक्रम भब्य अनि सभ्य रुपमा सम्पन्न भएको बताउँदै क्लबको यो पहिलो कार्यक्रम भएको जानकारी दिनु भएको थियो । दाहालले कार्यक्रम सफलतापूर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पोन्सर, संचारकर्मी, स्वयं सेवक, दर्शकहरुप्रति हार्दिक आभार प्रकट गर्दै नयाँ बर्ष २०७६ को सुभकामना ब्यक्त गर्नु भएको थियो ।