बिष्णु खत्रीको बिचल्लीले सबैलाई धरधरी रूहायो!बजारमा आएको २४ घण्टामै भाइरल (भिडियो)

कमल सरगम-नेपाली लोक संगीतका एक अग्रज गायक बिष्णु खत्रीले बर्षौ पछि आफ्नै एल्बम बजारमा ल्याए। उनलाई डर थियो पछिल्लो समय नाच्ने गीतहरु मात्रै चलिरहदा एता बिचल्ली कतै मर्ने होकि?तर दर्शकले कहाँ यस्तो गीतलाई मर्न दिन्छन र दोहोरीको फेरी माहोलनै परिवर्तन गरिदिए बिष्णु खत्रीले।

गीत बजारमा आएको २४ घण्टा बित्न नपाउदै बिष्णु खत्रीलाई देश बिदेशका दर्शकले अथाह मायारुपी संदेश संगै मार्मिक प्रतिक्रियाहरु युटुबको भिडियोमा दिएका छन। १ हजार भन्दा बढी कमेन्ट आएको उक्त भिडियोमा अधिकांश दर्शकको बिष्णु खत्री माथीनै सम्मान जनक शब्द प्रयोग गरिएको पाईन्छ।बिशेष बिदेशिएका नेपालीहरुले अझ बिष्णुको उक्त गीतलाई सर्बाधिक रुचाएका छन।

बिष्णु खत्रीका बिगतका गीतहरु चेतामुलक/संदेशमुलक रहन्थे जुन सयौ गीतहरु अहिले पनि कालजयी सुपरहिटको लिष्टमा भेट्न सकिन्छ।देवी घर्ती मगर र बिष्णु खत्रीको आवाज रहेको यस गीतमा बिष्णु खत्रीकै ले तथा शब्द रहेको छ।खत्रीले आफैले अभिनय भिडियोमा दिएका छन  विष्णुलाई  भिडियोमा साथ मोडल साया भण्डारी ,निर्देशक दिलिप रेग्मी,झबिन्द्र पौडेल,प्रलाहद सुबेदीले दिएका छन । सुजन साहिको सम्पादन रहेको भिडियो चर्चामा छ।भिडियो हेर्नुहोस :