नेपाल छिट्टै भारतमा बिलय हुन्छ : हेमन्त सेढाई (भिडियो)

संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै अवस्थामा गृह मन्त्रालयले ‘अंगीकृत नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन’ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि नागरिक विधयेक संसोधनको विषय चरम उत्कर्षमा पुगेको छ। साथै बुद्दिजीवि, जन स्तर, राजनीतिक विश्लेषक तथा विज्ञहरुबाट नागरिक विधयेक संसोधनको चर्को विरोध भईरहेको छ।

नागरिक विधयेक पारित भए नेपाल छिट्टै भारतमा बिलय हुने नागरिकताविद् हेमन्त सेढाईले बताएका छन्। उनले भने, ‘भारतले नेपालको भुमिमाथि गिद्धे नजर लगायो। नेपालमा भईरहेको चलखेल भारतको योजनामा भएको हो। मतदानबाट जनसंख्या अतिक्रमण गरेर देशलाई नै भारतले हडप्न खोजे।’ यसले सम्पूर्ण जनतामाथि नै घात हुने उनको भनाई छ।

न्यायपालिकाले समेत् यस विषय जाएज रहेको बताएकोमा उनले आपत्ति जनाएका छन्। प्रधानमन्त्री समक्ष तत्काल यस विधेयकलाई स्थगित गर्न पहल गरेको उनले बताए। उनले नागरिकता विधयेक संसोधन विरुद्ध ७७ जिल्लाबाट ह्स्ताक्षर सङ्कलन अभियान शुरु गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा