राम्रो खेलेर मात्र हैन भाग्यले पनि साथ दिनुपर्छ क्रिकेटमा(भिडियो सहित)

विश्व खेलकूदमा नेपालले झण्डा गाड्न सफल भएको खेल हो क्रिकेट । अझ यु १९ विश्वकपमा नेपालको विशिष्ठ स्थान छ । कुनै समय दक्षिण अफ्रिका, पाकिस्तान जस्ता मुलुकलाई हराएर तहल्का मच्चाएको नेपालसन् २०२० मा हुने विश्वकपमा छनोट हुने लक्ष्यका साथ मलेसिया पुगेको थियो र सोही अनुसारको खेल पनि पस्कियो तर छनोट हुन सकेन । यसपटक कमजोर प्रदर्शन गरेर नभै सबैभन्दा उत्कृष्ट खेलेर पनि एउटा खेलमा वर्षा खलनायक हुँदा नेपाल छनोट भएन ।

युएईसंगको खेल वर्षाले बिथोलिंदा भाग्यले साथ दिएन नेपाललाई र भोग्नुपर्यो एक रनको हार । सोही हारले नेपालको विश्वकप यात्रा रोकियो । विश्वकपमा छनोट प्रतियोगिताको नेपाल र युएईको खेल चलिरहँदा पानी परेपछि नेपाल डीएल मेथडका आधारमा मात्र एक रनले हारेको थियो ।

सो खेलमा नेपालले ५० ओभरमा २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको यूएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परेपछि डीएल मेथडबाट यूएई मात्र एक रनले विजयी भएको घोषणा भएको थियो । यो नतिजाले युएई भाग्यमानी र नेपाल अभागी ठहरियो ।

उत्कृष्ट प्रदर्शन गरर पनि छनोट हुन नसक्नु पीडादायी हुन्छ नै । कप्तान रोहितकुमारा पौडेलको अनुभव यस्तो रह्यो ।

नेपालले यो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो र यसअघिको जस्तो ब्याटिङमा कुनै कमजोरी थिएन । सबै खेलमा २४० भन्दा माथीको रन बनाएको थियो । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहे पनि रनरेट पहिलो हुने युएईकोभन्दा धेरै बढी छ ।

सन् २००० मा पहिलो पटक यू १९ विश्वकप खेलेको नेपालले २०१८ को विश्वकप पनि गुमाएको थियो । यो पटक रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई बलियो दोबदार मानिएको थियो तर, वर्षा बाधक बन्यो । क्रिकेटका अनेक नियम र बिधिले नेपाललाई पाखा लगायो । तैपनि उत्कृष्ट खेल प्रदर्शन गर्न सफल यो टोलीले भविष्यमा राम्रो संकेत भने दिएको छ ।

यसै विषयमा त्रिभुवन विमानस्थलमा यू-१९ क्रिकेटका कप्तान र प्रशिक्षकसंग गरेको कुराकानी भिडियोमा