कम्युनिष्ट सरकारलाई हटाएर मात्र नेपालको विकास र सम्वृद्धि सम्भव: पुष्पा भुसाल

ललितपुरमा ३ दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश

ललितपुर, बैशाख ७: विभिन्न राजनीतिक दल परित्याग गरि ३ दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन। नयाँ बर्ष २०७६ को उपलक्ष्यमा महालक्ष्मी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रिय सदस्य एबम प्रतिनिधि सभा सचेतक पुष्पा भुसालले उमेश श्रेष्ठको नेतृत्वमा ३ दर्जन युवालाई खादा ओडाएर पार्टी प्रवेश गराएकी हुन्।

नेपाली कांग्रेसले संचालन गर्न लागेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’मा हातेमालो गर्दै महालक्ष्मी नगर समितिद्वारा स्थापना गरिएको ‘जय नेपाल जागरण कोष’को प्रशंशा गर्दै नेता भुषालले अबको समय कम्युनिष्ट सरकारलाई हटाएर मात्र नेपालको विकास र सम्वृद्धि सम्भव हुने औल्याइन ।

नेकपाको सरकारको दुई तिहाइको दम्भले देशको अर्थतन्त्र धरासायी हुदै गएको, दिनानुदिन भ्रस्टाचारको काण्ड नै काण्ड मच्चिएको र नीतिगत भ्रस्टाचार व्यापक रुपमा मौलाउदै गएको बताउदै उनले अबको समयमा नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न नेकपालाई खबरदारी गर्नुपर्नेमा जोड दिइन। कांग्रेसको संगठन गुटउपगुटमा विभाजन भएको बताउदै उनले अबको नयाँ बर्ष संगठन मजवुत गर्ने अवसर भएको समयमा कम्युनिष्ट सरकारलाई हटाएरै छाड्ने समेत दावी गरिन।

नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम मदन अमात्य लगायत केहि नेता-कार्यकर्ताले बहिष्कार गरेको भन्दै महासमिति सदस्य जितेन्द्र मलेकुले ललितपुर जिल्लामा मौलाएको गुट-उपगुटको राजनीति अन्त्य हुनुपर्ने बताए । मदन अमात्यले गत निर्वाचनमा एकलौटी तवरले पार्टीलाई चलाएको आरोप लगाउदै नेता मलेकुले त्यसकै परिणामस्वरूप निर्वाचनमा पराजय भोग्नुपरेको बताउदै अबको दिनमा पार्टीलाई जिल्लामा शक्तिशाली बनाएर लैजान कुनै कसर बाँकी नराख्ने बताए।

कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी ललितपुर जिल्लाको पुर्व जिल्ला सभापति चन्द्र महर्जन, पुर्व सभासद एबम युवा नेता रामकृष्ण चित्रकार यस्तै अतिथिमा पुर्व जिल्ला सभापति तथा महासमिति सदस्य रुद्र शर्मा, रामेछापका पुर्व जिल्ला सभापति रामचन्द्र खड्का लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो।