पहिलो पटक पुगेकी थिए रामेछापको भँगेरीमा

मुक्तकहरु

एक : पहिलो पटक पुगेकी थिए रामेछापको भँगेरीमा
खुशी र पीडाको आँसु झरे गंगालालको घडेरीमा
तिम्रो योगदान ब्यर्थै खेरा गए जस्तो त्यो भान हुँदा
भक्कानिदै गाठो पर्‍यो जिग्यासुको मनको मझेरीमा

दुई : समाजलाई केहि योगदान दिने उल्लास बोकेर जिएकिछु
गरिबलाई राहत मिल्ने खुशीको आभास बोकेर जिएकिछु
सेवा गरौ त्यहि छ पुण्य मर्दा सबै छोडेर जानु छ एकदिन
सहयोगी मनको साथ पाउने त्यै बिस्वाश बोकेर जिएकिछु

तिन : राष्ट्रियता झल्काउने त्यो गीत संधै गाउँन सकु
आफ्नै देशको माटो संग चोखो माया लाउँन सकु
मृत्यु पश्च्यात रुपान्तरण भै मानव जन्म लिएमा
फेरी पनि नेपालको यै भू; स्व र्गमा आउँन सकु

कल्पना पौडेल “जिज्ञासु ” नवलपरासी गैडाकोट
हाल = काठमाडौं