बरिष्ट पत्रकार रबि लामिछानेलाइ २५ लाख १० हजारको चेक (भिडियो सहित)

स्कटनेपाल युके,

बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियनता अर्थात समाजसेवी इशा गुरुङ्को नेतृत्वमा २५ लाख १० हजार रुपैया संकलन भएको र इशा आफै नेपाल पुगेर सो रकम न्युज२४ को अफिसमै पत्रकार रबि लामिछाने लाइ हस्तान्तरण गर्नु भएको छ।

पछिल्लो समय कालिकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पताल चर्चा को विषय बनेको छ । चर्चित संचारकर्मी रबि लामीछाने को नेतृत्व बन्दै गरेको रासकोट सामुदायिक अस्पताललागि समाजसेवी गुरुङले अहोरात्र खटिएर यति ठुलो रक़म संकलन गर्न सफल हुनुभएको हो ।

१५ बेडको लगभग तिन करोड लगानीमा बन्दै गरेको हस्पिटल कर्णाली जनताकालागि मात्रै नभएर नेपालमै एक नमूना हस्पिटलको रुपले लिइएको छ । गरिव जनता समयमै उपचार नपाएर अकालमै मृत्यु को मुखसम्म पुगेको धेरै घटनाहरु विगतमा घटिसकेकोले यस्तो अब नहोस भन्दै यस अभियानमा जनता आफै जागरुक भएको देखीन्छ । ज्यान बेलायतमा भएपनि मन नेपालमा भएकाले कुनै विरोधिहरुको कुरा नसुनेर देश र जनताका लागि यस्ता अभियानहरुले निरन्तरता पाउने जिकिर गर्नुभयो ।

स्कटनेपाल संगको विशेष कुराकानी का क्रममा इशा गुरुङले भन्नु भो , “उनले भने अनुसार यो अभियान बन्द भएको र अहिले सम्म उठेको ज़म्मा रक़म २५ लाख १० हजार रुपैया रहेको जनाएकी हुन् । देश तथा विदेश बाट मन खोलेर सहयोग गर्नुहुने सवै महान अभियानताहरुलाई विशेष धन्यवाद दिदै अभियान सफल भएकोमा खुसी व्यक्त गर्नु भएको हो ।
हेर्नुहोस पुरा भिडियो जानकारी इशा गुरुङले रबि लामिछाने लाइ हस्तान्तरण गरेको को भिडियो :