जनसम्पर्क समिति मकाउले गर्यो बारा पर्सा हावा हुरी पिडीतलाई आर्थिक सहयोग।

कर्ण अधिकारी। नेपाली काँग्रेस पार्टीले बारा पर्सामा हावा हुरीको कारण घरबार बिहिन भई घाईते भएका नागरीकहरूको राहतका लागि संचालन गरेको अभियानमा नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूले नेपाली रूपैया ६० हजार सहयोग गरेको छ।उक्त रकम नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्नु भएका समितिका महामन्त्री कर्ण बहादुर अधिकारीले नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिको निवासमै पुगि उपसभापति निधिलाई हस्तान्तरण गरेका छन्।

गत चैत्र १७ गते बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको मानवीय एवं भौतिक सम्पत्तिको क्षति बारे नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिको संयोजकत्वमा बाराको सिमरामा भएको प्रदेश २ स्तरीय छलफल कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य,राष्ट्रिय सभा सदस्य,प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, मेयर,उपमेयर, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष एवं जिल्ला पार्टी सभापतिहरूको उपस्थितिमा नेपाली जनसम्पर्क समिति मकाउले गरेको नेरू ६० हजार सहयोगको घोषणा गरीएको थियो।प्रवासमा रहेर पनि पीडामा परेका नेपालीहरूको सहयोगका लागि नेपाली जनसम्पर्क समिति मकाउले सहयोग गर्दै आएको छ।राजनिति पृष्ठ भूमि भए पनि जनसम्पर्क समिति मकाउ सामाजिक सेवामा पनि त्यति नै उत्तर दायित्व भूमिका निभाउन सफल भएको छ।

आर्थिक रकम संकलन कार्यमा सहयोग पुराउन समितिका सभापति लेख बहादुर गुरूङ्,संस्थापक सभापति अम्बिर जोशी,पूर्व सभापति शुदर्शन थापा मगर,सचिव रमेश अधिकारी लगाएत कार्य समितिका सम्पूर्ण पदाधिकारीको उल्लेख्य योग्दान रहेको छ।समितिका सभापति लेख बहादुर गुरूङले आउँदा दिनहरूमा पनि पीडामा परेको नेपालीहरूलाई सहयोग गर्ने प्रति बद्धता गर्नु भएको छ।नेपाली जनसम्पर्क समिति मकाउ उक्त हावा हुरीमा परी मृत्यू भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ।