लोक दोहोरीमा फेरी अर्को उत्कृष्ट दोहोरी गीत ‘पिरतीको गीत’को जन्म !ओबी र गरिमाको जिउँदो अभिनय

शब्द/सृजनाका बाहुबली नबराज पन्त संगीतका बादशाह बिबि अनुरागीको शब्द/संगीतको बेजोड मिश्रणमा बिल्कुलै नयाँ प्रस्तुती “पिरतीको एउटा गित” भर्खरै मात्र सार्बजनिक भएको छ।लेखाईमा गणितीयपन बुझाईमा सरलीकरण भएको नबराज पन्तको सब्दमा हरप्रकारको भाब पाईने गर्छ। हजारौं सर्जकहरुको बीचमा पनि उनकै सिर्जना किन बारम्बार अत्याधिक रुचाईन्छ त? कारण उनको जिउँदो कलमको पोक्त लेखाई एवम् उनको क्षमता हो। उनको शब्दमा पाईने साहित्यकता सायद कसैको लेखाईमा पाउन कठिन हुन्छ।

त्यस्तै संगीतमा निराधार कुदिएका संगीतकार बिबि अनुरागीमा त्यो बिशेषता छ जस्को संगीतको नसां हत्तपत्त उत्रिदैन यिनै दुई महान हस्तीहरुको सयुक्त प्रस्तुती रहेको “पिरतीको एउटा गित”अतिनै उत्कृष्ट बनेको छ।झट्ट सुन्दा लोकआधुनिक जस्तै सुनिने उक्त गितले प्रेमको बिश्लेषण गरेको छ।

प्रेम भाबमा कयौं गितहरु बनेका छन् तर नबराज पन्तले जुन शब्दको खेल गरेका छ्न यो गितमा सायद ईतिहासमै यो मुख्य प्रेम कथा साबित हुनेछ। उनका शब्द-शब्दमा झल्किएको स्नेहताले आम श्रोतालाई आकर्षित भने पक्कै गर्नेछ। कपिल लामाको निर्देशन ओबि रायमाझी र गरिमा तिमल्सिनाको अभिनय चर्चित गायक गायिका कुलेन्द्र बिस्वकर्मा साथमा सीता श्रेष्ठको जादुमय आवाजले झनै गितमा चार चान्दं लागेको छ।चर्चित सम्पादक सुजन सहिको सम्पादनमा भिडियो निकै उत्कृष्ट भएको छ। ओबिजी ईन्टरटेण्टमेन्ट बाट सार्वजनिक भएको सोही गितले चर्को सफलता बटुल्नेमा ढुक्क छ सर्जक तथा संगीतकार।
भिडियो सहित :