नमस्ते र एनसेलको सिममा तपाईले सुन्नु भएको आवाज “माफ गर्नु होला तपाईले डायल गरेको नम्बर व्यस्त छ” आज भिडियोमा हेर्नुहोस ।

फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अरू जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ।

उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ। नेपाल टेलिकमका सेवाका लागि भूमिका थापा शाहले ‍अङ्ग्रेजीमा र एनसेलका लागि सुबानी मोक्तानले नेपाली र अङ्ग्रेजीमा आफ्नो स्वर दिएका छन्। भूमिकाले पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने गरेकी थिइन् भने सुबानी गायिका हुन्।

हेर्नुहोस् बी.बी.सी.को सहयोगमा तयार पारिएको उनीहरूसँग कुराकानी  ।