घरमै बनाए पानी जहाज यी नेपाली बालकले (भिडियो)

‘मलाई मृत्युसँग केहि डर लाग्दैन तर मलाई मर्न हतार पनि छैन। किनकि मर्नु अघि मलाई जीवनमा धेरै गर्नु छ।’ यो महान् वैज्ञानिक स्टेफेन हकिंगको महान् वाणी हो। स्टेफेनको हातखुट्टा चल्दैन यद्दपि उनी जिउन चाहन्छन्। उनको अनुसार जीवन मृत्यु प्राकृतिक नियम हो तर जीवन मृत्यु बीचमा के के गर्ने भनेर चाही हामीमा निर्भर हुन्छ। उनको यहिँ महान् बाणीबाट प्रेरित भएका नेपालका अर्का साना बैज्ञानिक सल्यान, मेल्घारिमा भेटिएका छन्।

जिन्दगीलाई पूर्ण बनाउन नसके पनि जिन्दगीलाई जिवन्त बनाउन लागि परेका बिजय राणा उमेरले भर्खर १५ वर्षका भए। बोल्ने रोबर्ट, घामबाट मोबाइल चार्ज हुने प्रविधि विकास गरिसकेका उनको कोठा इलेक्ट्रोनिक सामान भरिएको छ। वैज्ञानिक बन्ने उनको रहर र मिहिनेतले आज उनी बाल वैज्ञानिकको नामले समेत परिचित छन्।

सल्यानकै शारदा नगरपालिका वडा नं. २ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालय, लुहापिङमा उनी कक्षा ९ मा अध्ययनरत छन्। दिउँसभरि उनी विद्यालयमा नै हुन्छन्। विदाको दिन अनि साँझ र विहानको फुर्सद निकालेर उनी जहाज बनाउने गरेको उनले बताएका छन्। उनको आफ्नै घर नजिकको बारीको छेउँमा उनको जहाज तयारी अवस्थामा उभिएको छ।

विद्यालयमा अरु सामान्य विद्यार्थी जस्तै उनी पनि पाठ्यपुस्तक नै पढ्छन्। उनलाई अलग्गै राखेर शिक्षकले उनलाई विज्ञानका आविष्कारको विषयमा पढाउने पक्कै होइनन्। एकदिन उनले फिरफिरे घुमिरहेको देखे। संसार कै अचम्म चिज देखे झैँ गरी उनलाई त्यो फिरफिरे कसरि घुम्दो रहेछ भनेर जान्न मन लाग्यो। त्यस पश्चात नै उनलाई यस्ता विज्ञानको आविष्कारमा झुकाव हुन थालेको उनी सम्झिन्छन्।

क, ख सिक्ने उमेर देखि नै उनी आविष्कारका कुरामा रुचि राख्थे। त्यति बेला उनको बाल मस्तिष्कले नभ्याए पनि उनी कबिता लेख्ने मुर्ति बनाउने जस्तो रचनात्मक चिज गर्न मन पराउथे।

इक्षा शक्तिको अगाडी डर हिग्मत बन्छ, अज्ञानता खोजि बन्छ, एक्लोपन साहस बन्छ र समस्या नै अवसर बन्छ। आइपर्ने हरेक समस्यासँग डटेर उनी आफ्नो कार्यमा निरन्तर लागि रहे। भगवानले पनि त आँटमा पुराउछु भन्छन् रे। सायद !! बिजयले आटेको काममा भगवानको पनि साथ छ र त उनी आफ्नो काममा सफलता हासिल गर्न नजिक नजिक पुगेका छन्।

शुरुवातमा उनले सानो आकारको प्लेन र हेलिकप्टर बनाएर उडाए। आफुले आविष्कार गरेको प्लेन उडेपछि नै हौशला स्वरुप उनले ठुलो प्लेन बनाउने निर्णय गरेका हुन्। आफ्नो निर्णयमा अडिग रहेर कहिकतै विचलित नभई आफ्नै व्यक्तिगत स्रोत, साधन र सामग्री प्रयोग गरेर उनले लगभग प्लेन बनाउने कार्य ४५ प्रतिशत निर्माण कार्य सकिसकेका छन्। हाल सम्म उनले ६० हजार रुपैया खर्च गरिसकेको र १०० प्रतिशत निर्माण कार्य सम्पन्न गर्न अनुमानित ४ लाख जति रकम चाहिने उनले बताएका छन्।

अब उनले आविष्कार गरेको प्लेज उडाउन उनलाई ३ लाख भन्दा बढी रकमको आवश्यक छ। सानो आकारको प्लेनमा उनले इन्जिनको सट्टामा ४०० भोल्टेजको मोटर र १२ भोल्टेजको ब्याट्री राखेर उडाएका थिए। ठुलो आकारको प्लेनमा भने उडाउनको लागि इन्जिन नै राख्नु पर्नेभएकोले उनले ५०० सिसिको ट्याक्टरको दुई वटा इन्जिन राख्ने निर्णय गरेका छन्।

जति नै कठिनाई भए पनि उनको पाइला यतिमा मात्र रोकिएन। प्लेन बनीनसक्दै खोज अनुसन्धानमा झटपट पाइला अघि सार्दै उनले घर भित्रै पानी जहाज बनाएका छन्। सोलार, सर्किट, मोटर प्रयोग गरेर बनाइएको पानी जहाजले १८ किलो सम्मको तौल धान्ने उनको भनाई छ। गहिराई परिक्षण गर्न भने बाँकी रहेकोले उनी उक्त पानी जाहाज कतिको गहिराइ सम्म तैरिन सक्छ भनेर छिट्टै परिक्षन गर्ने योजनामा छन्।
हेर्नुहोस भिडियो