अत्याधिक धुम्रपान सेवनले दुवै खुट्टा काट्नुपरे पछि सिल्पकारको यस्तो दर्दनाक अवस्थामा (भिडियो)

धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सबैलाई थाहाँ भएको सामान्य कुरा हो । तर पनि लत लागेपछि मानिसले चाहेर पनि छुट्टाउन सक्दैनन्। कसैले भने जानाजान धुम्रपान गर्ने गर्छन। महिला, पुरुष, धनी, गरिव ,सडकमा आफ्नो जिवन विताउने वाल वच्चाहरु, स्वास्थ्यकर्मि, डाक्टर, स्कुले विद्यार्थी देखि वृद्ध हजुरबुबा हजुरआमा समेतले लुकेर होस या खुला रुपमा नै किन नहोस चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थको सेवन गरिरहेका छन ।

धुम्रपानबाट क्यान्सर देखि डरलाग्दो भयानक रोग लाग्ने गर्छ। यस्तै अत्याधिक धुम्रपान गर्नाले आज दुईवटै खुट्टा गुमाउन बाध्य छन् राजेश सिल्पकार। उनी विगत ४ वर्ष देखि विरामी परेका छन्। ४ वर्ष अघि उनलाई अचानक खुट्टा दुख्ने पैताला पोल्ने गर्थ्यो। खुट्टा दुखेको दुई महिना पछि घाउ देखियो। त्यस घाउ पछि गहिरिदै गयोडाक्टर ले र उनी धेरै अस्पताल धाए। डाक्टरले उनलाई धुम्रपानले गर्दा यस्तो रोग लागेको हो। पछि खुट्टामा घाउ फैलिदै गएको कारण खुट्टा नै काट्न पर्ने अवस्था आयो।

उनको श्रीमती, बाल बच्चा र एक वृद्धा आमा छन्। उनले नै घरव्यवहार धानीरहेका थिए। उनी विरामी हुनु अघि हस्तकलाको काम गरी मासिक ३५, ४० हजार कमाउने गर्थे। उनी खेलकुदमा पनि निकै सक्रिय थिए। क्रिकेट, बास्केटबल जस्ता खेलमा निकै माहिर थिए उनी। तर अहिले उनी पहिलाको जस्तो डटेर काम गर्न नसक्ने भएकोले त्यस काम छाडेका छन्। घरको कमाउने उनी एक्लै हुन्। उनी जीविका पार्जन गर्न कै लागि बि आई फाउनडेशनमा कार्यरत छन्। उनको कमाई औषधि खर्चमै ठिक हुन्छ। उनको औषधी उपचारमा मात्रै महिनाको २० हजार हुने गर्छ। उनको हातमा पनि घाउ देखिन थालेको छ। उनको जहाँ घाउँ आयो त्यस घाउ बढ्दै जाने गर्छ। उनले बाचुनजेल औषधी सेवन गर्नु पर्ने डाक्टरले बताएका छन्। उनको खुट्टा हाल्न १ लाख बढी लाग्ने भएको छ। उनी भन्छन, ‘खुट्टा हालेर हिड्न मलाई पनि रहर छ तर खुट्टा हाल्नलाई निकै खर्च लाग्छ।’

भनिन्छ मन्दिर ,मस्जिद, चर्चा वा गुम्बा जहाँ धाउनुस् तर एक मानबको कल्याण जती धर्म कही भेटिन्न। दर्शकवृन्द ! राजेश सिल्पकारको उपचारको लागि सकेको आर्थिक सहयोग गरिदिनु हुन् विनम्र अनुरोध गर्दछौ। तपाईहरुको सानो सहयोगले राजेशले नयाँ जीवन पाउने छन । जति पनि सहयोगी मनहरुले यो भिडियो हेरिरहनु भएको छ कृपया सहयोगको लागि राजेश सिल्पकार : ९८२३११७६४९ , शर्मिला गुरुङ : ९८८०३९६४५२ ,मनोज खड्का: ९८६०३०१४९० र हाम्रो पिएनपिखबरको पेजमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

हेर्नुहोस भिडियो