अस्ट्रेलियामा केकी गोबिन्द हेर्दै दङ्ग !(भिडियो सहित)

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ ।

डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि बनाउदै आएका गायक डा. रामकृष्ण निरौलाको शुमधुर आवाज गीतमा रहेको छ ।

पछिल्लो पुस्ताकी चर्चित नायिका तथा मोडल केकि अधिकारीलाई कथामा उतारिएको गीतमा भरपुर साथ दिएकाछन् आरसी थापा र सोन्हार श्रेष्ठले ।

अस्ट्रेलियाको विभिन्न रमणीयस्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल आरसी थापा आफैले निर्देशन गरेका छन् भने गंगा निरौलाको लगानीमा तयार गरिएको छ ।

श्रीमान् श्रीमतीमा हुने सम्मान्य मनमुटाव अनि आखाले देखेका कतिकुरा गलत हुन्छन तरपनि समाजमा सम्बन्ध विच्छेद हुनेक्रम बढ्दो छ र यसलाई रोक्न सबैभन्दा पहिला एक अर्कामा बिश्वास हुनुपर्छ र नै सम्बन्ध बलियो हुन्छ भन्नेकुरा गीतका शब्दले महशुस गराउछ भने भिडियोलाई उत्तिकै कुसल्तापुर्वक तयार गरिएको छ ।बुमेरेङ्ग ईण्टरनेशनल एजुकेसन् सरविस काे प्रायाेजन रहेकाे, जाे २००८ देखी लगातार अस्ट्रेलियामा उच्च शिक्षा काे सेवा प्रदान गर्दछ।

हेर्नुहोस उक्त गीतको यो भिडियो