NRNA मा गर्नेलाई भन्दा देख्ने लाई लाज कहिले सम्म ?

महेश भट्टराई, अमेरिका

अमेरिका आई सके पछि पनि जात, धर्म, लिगं, भाषा, क्षेत्र र समुहको दुहाई दिने र NRN जस्तो पवित्र संस्थामा By laws (बिधान) राम्ररी नपढि छेऊ टुप्पोको जानकारी नलिने वा पढेर पनि बुझ पचाउने हाम्रा पदाधिकारी तथा उमेदवारहरू देख्दा लाज लाग्छ !

मै जान्ने सुन्ने बन्ने तर भित्र खोक्रा रहेछन क्यारे !

ठुला ठुला योजना र खोक्रा प्रतिबद्दता लाजै नमानि जनाउने र कार्यकाल सकिदा समेत आफैले के बोले र के भने भनेर हेक्का नराख्ने प्रबृतीका नेतृवहरू छन ! आफै लाई पुनर्मुल्याकन गर्न नसक्ने र समाज संग लाज, डर नलाग्ने नेतृत्व लाई के भन्ने ?

बिधान लेख्ने, मिच्ने कार्य समिती र कठपुतली बनि कार्य गर्ने निर्बाचन तथा अन्य कमिटीको के कुरा गर्ने । यति थाहा हुदा हुदै पनि अमेरिका आएर पनि आफ्नो विवेकको प्रयोग नगरि $२० डलरमा आफ्नो इमान, जवान र विवेक बेच्ने खरिद बिक्रि हुने जनावर बन्ने मतदाताको झन के कुरा !

५०१c अन्तर्गतको सामाजिक संस्था दर्ताको कबज र खोला ओढेर जन संपर्क होस वा प्रवासी मंच अमेरिका आएर पनि काम भने नेपालको राजनितीको पुच्छर बनेर चम्चागिरी, दलाली, हनुमानगिरी गर्ने लाजै नभएका नकचराहरू को झन के कुरा गर्नु ।
एकातिर पुरा बिश्व लाई जानकारि हुदा हुदै पनि झुटको खेति गर्ने नपुंसक दुई जिब्रे हरू लाई लाज शरम डर घिन केहि छैन । यीनैको पछाडि लाग्ने र सल्लाह दिने लाई कठै बिचरा बबुराहरू !

एकातिर तिनै टुक्के, भकभके दुई कौडीका नेताहरू लाई गणेश जि मानी फनफनी वरिपरी घुमेको बिश्वलाई लाइभ मै देखाउने । अर्को तिर सामाजिक संस्थाको कुरा गर्ने डरछेरूवा पानी मरूवाहरू लाक्षीहरू संग के बिबाद गर्नु !

आफै लाई बिद्वत ठान्ने मान्ने बिभिन्न समितीका साथिहरूले नै नेपालको राजनिती, जातपात, समुह र क्षेत्रको कुरा गर्न पाईदैन भनेर बिधान लेख्नु भएको छ! लागु गर्नु पर्दैन ? कारबाहि गर्नु पर्दैन ।

हुदा हुदा केन्द्रिय समितीले तिनै साथीहरू लाई नै ठुला जिम्मेवारी र उमेदवारी ! वा क्या खुव !

चुनावमा तिनै ५०१c को नाम बाट नेपालको खुल्लेआम राजनिती गरेको, ठुलै पद सम्हालेको, जात, जाती, क्षेत्र, बर्ण र समुहको कुरा खुलेआम गरेको के निर्बाचन कमिटीले देखेको वा सुनेको छैन ? के निर्बाचन कमिटी अन्धा र बहिरा वा माथिको आदेश मानि जि हजूरि गर्नेहरूको समुह हो ?
बिधान अनुसार अयोग्य भनि कारबाहि गर्नु पर्दैन ?
समाजमा खुलेआम भै रहेका वा गरिरहेका कार्यक्रमहरू देखिदैन वा आंखामा फुलो परेको छ ? वा प्रमाण चाहिन्छ ।

के यो नौटंकी नाटक मन्चन बुझ्नेहरू पनि समाजमा बस्छन र यस्तै प्रबृती र परम्पराको पुनराबृतीको कारण तिन लाखमा आज नौ हजार सदस्य भएको कुरा घैटोमा अझै घुस्दैन ।
कुनै पनि पदको काम, कर्तब्य र अधिकार बारे नबुझि नजानु र जिम्मा लिई सके पछि निर्भिकता पूर्वक पुरा गर्नु नि ।

मेरो निर्बाचन कमिटीलाई अनुरोध र चुनौती :
५०१c संस्थाको खोल ओडेकै भरमा जन संपर्क र प्रवासी मंचले NRN भित्र बसेर नेपालको खुल्ला राजनिती गर्न छुट छ ? घर्म, जाती, क्षेत्र, समुह,लिंगको राजनिती गर्न पाइन्छ ?
यीनै कार्य समितीमा बसेर कार्य गरेका उमेदवार लाई अयोग्य ठहर्न सक्छ ? के जन संपर्क र प्रवासी मंचले नेपालको राजनिती गरेको छैन भनेर प्रमाण दिन सक्छ ???
कि By laws मिच्ने अधिकार उनिहरू लाई मात्र छ ? बिधान देखाउने दाँत मात्र हो ? वा निर्बाचन कमिटी कठपुतली हो ?