बिश्वकर्माको छोराले मगरकी छोरीलाई मागेर यस्तरी बाजा बजाएर बिहे गरे, एउटा नमुना बिहे भिडियोमा हेर्नुहोस ।

 महेश बोहरा / गुल्मी तम्घास,

समाजमा जातीय विभेद, छुवाछूतका घटनाहरु सामाजिक संजालमा प्रत्येक दिन जस्तो देखिन्छ ।नकारात्मक मात्र होइन सकारात्मक सोचका ब्यक्ती , परिवार पनि छन् समाजमा भन्ने यो बिवाहित जोडीले देखाएका छन् ।

कतिपय घटनाहरु अन्तरजातीय बिवाहा गर्दा परिवार र समाजबाट बिस्थापित र विभिन्न बाहनामा छुट्टाइएका उदाहरण छन् ।एउटा यस्तो जोडी २२ बर्षिया बिजय बिश्वकर्मा र बिस बर्षिया प्रमिला मगर एउटै गाउँ निवासी हुन् ।नबलपुर चोरमारा बजारमा स्थायी घर भएका यी जोडी सानै देखिका साथी हुन् ।बालपनको साथी सगै एउटै स्कुलमा पढन थाले पछि उनिहरुको सम्बन्ध प्रेममा परिणत भएको थियोे ।

पछि बिवाहा गर्ने निर्णय गरे उनिहरुको प्रेमलाइ दुबै पक्ष परिवारले सहमति गरे पछि मागी बिवाहा भएको छ ।समाज परिबर्तनको यो सकारात्मक संदेशको रूपमा लिएर उनिहरुको बिवाहालाई संमान साथै विभिन्न सामाजिक संजालमा सबैले बधाइ तथा शुभकामना दिएका छन् ।

हेरौ सोही भिडियो ।