मध्यराती कुकर बम भेटिएको हल्ला, डिस्पोजल टोलि आएन, त्रसित पोखरा (भिडियो)

बैशाख ४ गते राती साढे ११ बजे पोखराको शान्तिनगरचोकमा संकास्पद बस्तु फेला पर्यो । ५ गते बिप्लव माओवादीको बन्द थियो सामाजिक संजालबाट बम भेटिएको हल्ला फैलियो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी पुग्यो, नभन्दै बिच सडकमा केही नचिनिने बस्तु र नजिकै प्रेसर कुकर थियो । सबैले कुकर बम भएको आशंका गरे । नेपाली सेनाको बम डिस्पोजल टोलिलाई खबर भयो तर रातको समय भएकाले डिस्पोजल टोलि आउन कुरा हामी घटनास्थल पुगेपछि थाहा पायौं । हामी करिब १ बजे पुगेका थियौं त्यो बेला सम्म संकास्पद बस्तु के हो, कस्ले राखेको हो केही थाहा थिएन । नजिकै बोरामा केही बस्तु र प्रेसर कुकर थियो, स्थानीयबासी र केही प्रहरी र आर्मीहरुले सवारी साधनलाई अर्को बाटो जान अनुरोध गर्दै थिए । बिप्लव माओबादीले गरेको बन्दको पूर्व सन्ध्यामा भएकाले संकास्पद बस्तु उनीहरुले नै राखेको आशंका गरिएको छ । हेरौं यो स्थलगत भिडियो ।