आँचल शर्मालाई दालभात तरकारी नै मिठो, मह संचारको छोरी भन्दै किरणले यसरि गरे उनको तारिफ (भिडियो सहित)

ईटहरी,
बैशाख २० देखी देश व्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’ यतिबेला मोफसल यात्रामा छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर १० शहरको कन्सर्ट समापन पछी सक्किने छ । चैत्र २५ गते बिर्तामोडबाट सुरु भएको टुर यतिबेला विभिन्न शहरमा कन्सर्ट गर्दै हिडिरहेको छ । यसै सिलसिलामा नायिका आचल शर्माले आफुलाई अन्य खानेकुरा भन्दा दाल भात तरकारी नै मन पर्ने सुनाएकी छिन ।

आचलले अहिले यो फिल्मको प्रोमोसनमा नहिडे पनि आफुलाई दाल भात तरकारी नै मन पर्ने बताईन भने किरण केसीले आँचलको खुलेरै तारिफ गरे । उनि मह संचारको छोरी हुन् भन्दै छायांकनको क्रममा उनले कुनै किसिमको दुख नदिएको सुनाए । यस्तै आँचलको अभिनय सत्रु गतेमा भन्दा यो फिल्ममा निक्कै निक्खारिएको बताए ।

दाल भात तरकारीको कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी छन् । यसैगरी गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको पनि कन्सर्टमा सहभागी छन् । दाल भात तरकारीको वैशाख ४ गते पोखरामा कन्सर्ट गरेपछि मोफसल यात्रा सकिनेछ । महसंचारले निर्माण गरेको र सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी र सामाजिक कथावस्तुमा प्रस्तुत गरिएको छ ।

हेर्नुस आँचल र किरण केसी संग गरिएको रमाईलो कुराकानी