मोडल करिश्मा रावलको फोटो तथा जानकारीहरु यहाको लोकप्रिय संचार माध्यममा स्थान दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौ।

करिश्मा रावल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछामकी स्थाई बासिन्दा हुन । सानैदेखि पृथक् लुक रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर बानेश्वर स्थित एक एयर होस्टेज ट्रेनिङबाट कोर्स सकेकी उनी फुर्सदको समय मोडलिङमा ब्यतित गर्न चाहन्छिन ।

५ फिट २ इच अग्ली करिश्मा हाल बानेश्वरमा बस्छिन । हेल्थ टेक्निसियनल्प रुपमा अध्ययन तथा काम गरेकी उनले मोडलिङकै लागि फोटोसुट र र्याम्प ट्रेनिङ पनि लिएको बताउछिन । फिजिकल बनावट र सुन्दर मुहारकी धनी २१ वर्षीया करिश्मा सामाजिक कार्य गर्न रुची भएको बताउँछिन् । परिवारको साथले नै मोडलिङमा पाईला चालेको बताउने उनी म्युजिक भिडियोमा अभिनय गर्न रुची भएकोले चाडैनै भिडियोहरुमा आउने बताईन ।

फोटो- कुबेर तामाङ
मेकअप – गौरी रुम्बा श्रेष्ठ
स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोस एन्ड प्रोडक्सन