बाँग्लुङ्ग जीप दुर्घटनाका घाईतेलाई परिवार दलको सहयोग

काठमाण्डौ बैशाख ३ । दुई महिना अगाडि बाँग्लुङ्ग जिल्लाको जैमनी न.पा बडा.नं ८ छिस्तीमा भएको जीप दुर्घटनामा परि गम्भिर घाईते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।

घाईते पुनको बाँसबारी स्थीत वेलनेस हस्पीटलमा उपचारत छिन् । नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मङलबार अस्पातालमै पुगेर घाईते पुनका दाजु गंगा बहादुर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । दलले पुनको उपचारको लागि तीस हजार रुपैयाँ सहयोग गरेको छ ।
पुनको उपचारमा संमलग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्य सुधार न्मुख रहेको सामान्य हिडन बोल्न थालेको तथा पुराना कुराहरु सम्झन थालेको बताउदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापी लगायतको बिधिबाट उपचार गर्नु पर्ने बताईन् ।

आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि बिदेशबाट र केही सहयोगी मनहरुले सहयोग गरेको बिरामीका दाजु गंगा बहादुर पुनले बताए ।

रकम हस्तान्तरण गर्न नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगी प्रवत्ता सन्तोष कुमार पौडेल र केन्द्रीय सदस्य मनोज सुर्खेती सहित पुगेका अध्यक्ष ढकालले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गदै दलको तर्फबाट थोरै सहयोग गरेपनि यो दलको तर्फबाट सद्भाव भएको बताए ।