स्कटल्याण्डको ईडन्वरा मा नेपाली नयाँ वर्ष २०७६ को स्वागत कार्यक्रम।

ईडन्वरा स्कटल्याण्ड
नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने पुरानो संस्था नेपाल स्कटल्याण्ड एसोसिएसनले नेपाली नयाँ वर्ष २०७६ साललाई स्वागत यहि मे १४ तारिख शुभ-कामना आदानप्रदानका साथ सांगीतिक कार्यक्रम भव्य रुपमा मनाएको छ। एडन्वरास्थित नेपाली कम्युनिटीको आफ्नै भवन हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर हलमा आयोजना गरिएको थियो।

उक्त नयाँ वर्ष कार्यक्रममा प्रमुख अतिथि एनआरएनए युकेका उपाध्यक्ष ललितकुमार न्यौपाने, स्थानीय तथा विभिन्न नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कर्यक्रमको पहिलो चरन अतिथि तथा आगन्तुक हरु लाई स्वागत सम्मान संस्थाका बर्तमान अध्यक्ष बिजय डंगोल द्वारा सस्थाको तथा सम्पूर्ण स्कटलैन्ड बासीहरुको सहयोग र सहभागिताको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नयाँ कार्यसमितिको स्वागत शुभकामना आदान प्रदान साथै कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूकेका उपाध्यक्ष न्यौपानेले नयाँ वर्षको शुभकामना तथा नयाँ कार्यसमिति लाई बधाई ज्ञापन गरेका थिए । एनआरएनए यूकेका गतिविधिहरुबारे जानकारी गराउँदै उपाध्यक्ष न्यौपानेले स्कटल्याण्डमा पहिलोपटक राज्य समन्वय परिषद गठन भएको र अब निर्वाचन नजिक आउँदै गरेको सन्दर्भमा सबै स्कटल्याण्डबासी नेपालीललाई सक्रिय सहभातिाको लागि आग्रह गरेका थिए । त्यसअवसरमा पुर्व अध्यक्ष किशोर डंगोललाई संस्थाको सर्वसम्मतले च्यारिटी पर्सन अफ द इयर २०१९ को सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रबिना खनालले गरेकी थिइन्।
यस कार्यक्रम को सम्योजनमा संस्थाका सम्पूर्ण पदाधिकारीहरू, एनएसए सल्लाहकारहरू तथा स्थानीय स्वयमसेवकहरूको उल्लेखनीय योगदान रहेको थियो।दोस्रोचरनको सँस्कृति कार्यक्रममा विभिन्न स्थानीय कलाकारले मनोरन्जनात्मक गीत, नृत्य प्रस्तुत गरेका थिए। स्कटल्याण्डका स्थानिय बाल कलाकाहरु रोशनी कार्कि, किरण कार्की, श्रिध्दि अर्याल, सुदिपा केसी, अन्जु शर्मा, हिमान्सि भण्डारी, आक्रिति, अलिसा, अबिसा, अनुश्का, कृष्मा, आयूष्मा, अर्जुन, रोबिका बस्नेत द्वारा आकर्षक नृत्य तथा अनुप कार्की, तारा कार्की, रे शेर्पाको सूमधूर गानाको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो भने शारदा अधिकारीको लोक भाकाको गीत अनि कमला श्रेष्ठ र मनिष खत्री को दोहोरी प्रस्तुत साथै डीजे सुमनका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो।
आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी तथा अतिथि द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खाना उपलब्ध गराउने एभरेष्ट रेष्टोरेण्ट लाई धन्यवाद दिएका थिए। कार्यक्रममा राफलको रौनकता पनि रहेको थियो।
यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि तथा सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका अध्यक्ष बताउँछन्।

स्कटल्याण्ड एडिनबर्ग ।।